नवलपुर, बैशाख ५ ।
नवलपुर प्रहरीले साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा ७ करोड २० लाख ७० हजार ८९० राजश्व संकलन गरेको छ ।
जसअनुसार भन्सार छली सामग्रीबाट ४ करोड ६५ लाख ८५ हजार ८४० राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको यो अवधिमा भन्सार छलीका ३८ वटा कारवाहीबाट यो राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी भुवनेश्वर तिवारीले तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
ट्राफिक कारवाहीबाट रु. १ करोड ७९ लाख ४० हजार ५०० राजश्व संकलन भएको छ । यस अवधिमा २३ हजार २५० साधन कारवाहीमा परेका हुन् ।
यस्तै, कसुरजन्य सम्पत्ति लिलाम विक्रीबाट रु. ४१ लाख ४३ हजार ३३२ , प्राकृतिक स्रोतको चोरी निकासी कारवाहीबाट रु. २५ लाख ८ हजार ७०८ , काठ तस्करी कारवाहीम रु. ६ लाख १६ हजार ७५ राजश्व संकलन भएको प्रहरी विवरणमा उल्लेख छ भने जुवातास तथा सट्टेवाजी अन्तर्गतको कारवाहीबाट २ लाख ७६ हजार ४३५ राजश्व संकलन भएके हो । यो अवधिमा सो कारबाहीमा जिल्लाका विभिन्न स्थानबाट ५६ जना कारवाहीमा परेका छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली