logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

दलदलेमा सडक स्तरोन्नतिको काम सुरु

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
५ बैशाख २०८०, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ५ ।
देवचुलीको दलदलेमा सडक स्तरोन्नतिको काम सुरुवात भएको छ । पहाडी क्षेत्र प्रवेशको मुख्य नाकाका रुपमा रहेको दलदलेमा जिरो विन्दुवाट स्तरोन्नतिको प्रारम्भिक काम सुरु भएको हो ।
अहिले नाला तथा ढलको काम थालिएको छ । २०७९ साल मंसीर २९ गते सम्झौता भएको योजना २०८० साल मंसीर २९ गते सक्नुपर्ने जनाईएको छ ।
निर्माणको जिम्मा देवचुली निर्माण सेवा कम्पनीले पाएको छ । उसले २ करोड ३३ लाख ५ हजार ५ सय ६५ रुपैंयामा ठेक्का सम्झौता गरेको हो ।
गण्डकी प्रदेशको भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको विनियोजित बजेटमार्फत बन्ने सडकको निरिक्षण अनुगमन पुर्वाधार विकास कार्यालय नवलपुरले गर्नेछ । साढे १० मिटर सडक र दायाँ वायाँ सवा १ मिटरको ढल सहितको नाला गरि साढे १३ मिटर चौडाईमा कम्पनीले सढकको काम गर्ने पुर्वाधार विकास कार्यालय नवलपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram