logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए अभियान

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
५ बैशाख २०८०, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ५ ।
बैशाख ६ र ७ गते सञ्चालन हुने भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्याउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।
जन्मेको ६ महिनादेखि ५९ महिना उमेरका सवै बालवालिकालाई खुवाईने भिटामिन ए र १२ महिनादेखि ५९ महिना उमेरका बालबालिकालाई दिईने  जुका विरुद्धको औषधि अभियानमा सत प्रतिसत वालवालिकालाई सहभागी गराउन स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले अनुरोध गर्नुभएको छ ।
जिल्लामा यसवर्ष २७ हजार १४ बालवालिका भिटामिन ए औषधि खाने उमेरका वालवालिका र २६ हजार ३ सय ४ जुकाको औषधि सेवन गर्ने उमेरका बालवालिका रहेको स्वास्थय कार्यालयको तथ्याङ्क छ ।
यसअघि कार्तिक २ र ३ गते सञ्चालित अभियानमा २५ हजार ८ सय ९ बालबालिकाले भिटामिन ए प्राप्त गरेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram