खगेन्द्र पर, नवलपुर, बैशाख ५ ।
चालु आर्थिक वर्षको ९ महिनामा नवलपुरमा ९६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । साउनदेखि चैत मसान्तसम्मको अवधिमा सो संख्यामा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको पहिलो महिना साउनमा सबै भन्दा धेरै २१ वटा घटना दर्ता हुँदा सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको प्रहरीको तथ्याङक छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार अधिकांश घटना पती–पत्नीबीचका दर्ता भएको देखिन्छ । दर्ता घटनामा अधिकांश महिला पिडित भएको विवरणमा उल्लेख छ । अधिकांश घटना मिलापत्र गरेर समाधान गरिएको प्रहरी प्रमुख तिवारीले बताउनुभयो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली