logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

अर्खलामा निशुल्क सिलाई कटाई तालिमको शुभारम्भ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
५ बैशाख २०८०, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ५ ।

बुलिङटार गाउँपालिकाको वडा नं. ४ मा निशुल्क सीपमुलक सिलाई कटाई तालिमको उद्घाटन भएको छ । ग्रामीण तथा गृहिणी महिलालाई स्वरोजगारतर्फ अभिप्रेरित गर्दै आयआर्जनको पाटोमा जोड्ने अभिप्रायका साथ उपल्लो अर्खलामा तालिम सञ्चालनको शुभारम्भ गरिएको वडाध्यक्ष मिन बहादुर आलेले जानकारी दिनुभयो ।
उपल्लो अर्खलामा ३ सय ९० घण्टाको कोर्समा तालिम चल्ने जनाईएको छ । तालिमको प्राविधिक रुपमा सहजीकरण कावासोतीको नवराज टेक्निकल ईन्स्टिच्युटले गर्नेछ ।
तालिममा उपल्लो अर्खलाका २० जना महिलाहरु सहभागी हुने वडाध्यक्ष आलेले जानकारी दिनुभयो । वडा कार्यालयको हलमा दैनिक ४ घण्टाको तालिका अनुसार ३ सय ९० घण्टाको कोर्स पुरा गरिने जनाईएको छ ।
नेपाल सरकार रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्राविधिक तथा सीप बिकास तालिम प्रतिष्ठान ललितपुरको आर्थिक सहयोग बुलिङटार गाउँपालिका र वडा नं. ४ को समन्वयमा सहभागीका प्रशिक्षार्थीका लागि निशुल्क तालिम आयोजना हुनेछ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram