logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

लोकाहा कावासोती खण्डमै यात्रुलाई सास्ती

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली, बैशाख ६।
नवलपुर खण्डमा सबैभन्दा जिर्ण अवस्थामा पुगेको लोकाहा–कावासोती खण्डमा सडकको सुविधा उपभोग गर्ने यात्रु एवं नागरिकले हैरानी खेपिरहनु परेको छ ।
एक महिनाको अन्तरालमै विभागीय मन्त्रीले २ पटकसम्म अनुगमन निरिक्षण निर्देशन र चेतावनी दिदा समेत निर्माण कम्पनीले आलटालमै समय घर्काइरहेको छ ।
चैत मसान्तसम्म एकतर्फी ४ किलोमिटर सडक निर्माण सम्पन्न गरी सो रूटवाट सहज यातायात सुचारू गर्ने बाचा गरेको निर्माण कम्पनीले डेढ किलोमिटर भन्दा बढी सडक खुल्ला गर्न सकेको छैन ।
चैत २७ गते उपप्रधानमन्त्री, यातायातमन्त्री र चीनका राजदूत सहित मन्त्रालयका उच्च अधिकारी समेतको टोली स्थलगत अवलोकनमा आउँदा खुल्ला गरेको करीब साढे ३ किलोमिटर खण्ड टोली फर्किएपछि पुनः लोकाहा जंगलको उकालो विन्दुमा निर्माणका मेसिन र औजार पार्क गरेर छेकबार लगाएको छ ।
जंगलक्षेत्रमा २८ किलोमिटर विन्दु भनेर चिनिनें कावासोतीदेखि २ किलोमिटर पूर्वको वक्स कल्भर्ट देखि पश्चिमतर्फ मात्रै नयाँ पीच खुलेको हो । यहाँ एकतर्फी काम सम्पन्न गर्न अझै छेउमा फुटपाथ, रन–वे र विचमा डिभाइडरको काम बाँकी नै छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram