logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

नवलपुरमा क्षयरोग सम्वन्धि समिक्षा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली, बैशाख ६।
स्वास्थ्य कार्यालय नवलपुरले क्षयरोग सम्वन्धि सुक्ष्म बिश्लेषण सहित अर्धवार्षिक समिक्षा गरेको छ । जिल्लाका आठै पालिकाका क्षयरोग सम्वन्धि स्रोत ब्यक्ति अर्थात फोकल पर्सनले आ–आफ्ना पालिकाको क्षयरोगको स्थितिका बारेमा तथ्यगत विवरण र भए गरेका गतिविधिको रिपोर्टिङ गरेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।
स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले फागुन मसान्तसम्म जिल्लामा ७ जना कडा खालका क्षयरोगी रहेको विवरण प्रस्तुत गरे भने ३ सय ३८ जना टिवीका सामान्य विरामी रहेका बताए ।
उनका अनुसार नवलपुरमा औषधि प्रतिरोधी क्षयरोगका विरामी (ड्रग रेसिस्टेण्ट) अर्थात कडा खालका विरामी ७ जना छन् । ती ५ जना पुरुष र २ जना महिला हुन् । यो आठ महिनाको अवधिमा जिल्लामा मृत्यु संख्या शून्य छ ।
गत वर्षमा जिल्लामा १० जना कडा खालका विरामी थिए । गतवर्ष ३ जना विरामीको मृत्यु भएको थियो ।
यो आठ महिनामा गैडाकोटका १ पुरुष, देवचुलीका १ पुरुष र १ महिला, मध्यविन्दुका १ पुरुष, हुप्सेकोटका १ महिला, बौदीकाली र बुलिङटारका १–१ जना पुरुष छन् ।
जिल्लामा चालु वर्षको ८ महिनामा ३३८ जना साधारण खालको टिवीका नयाँ विरामी पत्ता लागेका छन् ।
जसमध्ये गैंडाकोटका ८०, कावासोतीका ६७, देवचुलीका ५३, मध्यविन्दुका ५१, विनयी त्रिवेणीका ३७, हुप्सेकोटका ३०, बुलिङटारका १२  र बौदीकालीका ८ जना विरामी छन् । कोल्हुवास्थित स्वास्थ्य कार्यालयमा २ दिने गोष्ठी भएको हो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram