logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

थानाचोकको मन्दिर प्रहरी परिसरभित्र सारिने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख ६।
कावासोतीको थानाचोकमा रहेको भगवती मन्दिर स्थानान्तरण गर्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपु्रको अगाडी रहेको पुरानो मन्दिर सडक विस्तारका क्रममा हटाउनुपर्ने भएपछि प्रहरी कार्यालयकै परिसरमा स्थानान्तरण गर्ने निर्णय भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
प्रहरी कार्यालयमा बसेको बैठकले मन्दिर दशैन गर्न आउने भक्तजनको सुविधालाई मध्यनजर गर्दै मूल गेट नजिकै मन्दिर प्रवेश गर्न अर्को निकास दिएर निर्माण गर्ने निर्णय भएको मन्दिर ब्यवस्थापन समितिका सचिव प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।
बैठकले मन्दिर स्थानान्तरण र निर्माणका लागि सडक निर्माण कम्पनीलाई आग्रह गर्ने निर्णय भएको समेत बताए । सडक विस्तारका क्रममा यहाँ थुप्रै सार्वजनिक, सामाजिक, धार्मिक सम्पत्तिमा हुने क्षतिमा कम्पनीले जिम्मेवारी लिनुपर्ने उल्लेख भएकै आधारमा कम्पनीसँग प्रस्ताव गरिने न्यौपानेको तर्क छ ।
कावासोतीको थाना चोकमा प्रहरी कार्यालय बस्नुभन्दा पहिल्यै स्थापित दुर्गा मन्दिर तत्कालिन समयमा स्थानीयको धार्मिक क्रियाकलाप गर्ने थलोको रुपमा परिचित थियो । इलाका प्रहरी कार्यालय छदै प्रहरी परिसर बाहिर रहेको मन्दिर शसस्त्र द्वन्द र संकलकाटका बेलामा मन्दिरलाई प्रहरी परिसरभित्रै पारेर तारबार गरेपछि स्थानीयको सहभागिता घटेको हो । प्रहरी परिसरभित्र रहेको मन्दिरमा प्रहरीबाटै पूजाआजा हुदै आएको प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । वडादशैका अवसरमा यही मन्दिरको मौलो पूजालाई निरन्तरता दिदै आईरहेको सुनाए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram