logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुलिङको सिंगुवामा सीपमूलक तालिम

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख ६ ।
बुलिङटार गाउँपालिकाको वडा नं. ३ सिंगुवामा महिला लक्षित ब्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन भएको छ । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोगमा वडाभित्रका महिलाहरूको आर्थिक शसक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले ब्युटिसियन तथा सिलाई कटाई तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारीले अहिले चलेका तालिमहरु प्राविधिक र सीपमूलक भएकाले आफू दक्ष हुन्छु भन्ने संकल्पका साथ तालिममा नियमित उपस्थित हुन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ केन्द्रिय प्रतिनिधि विद्रोही गिरीले तालिम पछि काम गर्न पाइदैन कि भन्ने नसोच्न सहभागीलाई हौसला दिए ।
दुवै तालिममा बुलिङटार गाउँपालिका र वडा नं. ३ को समन्वय रहेको  छ । ब्युटीसियनतर्फको तालिमको सहजीकरण कावासोती ८ स्थित वल्र्ड लिङ्क टेक्निकल ’ट्रेनिङ इन्टिच्यूट प्रालिले गरेको छ भने सिलाई कटाई तालिमको सहजीकरण कावासोतीकै नवरत्न टेक्निकल ’ट्रेनिङ इन्टिच्यूट प्रालिले गरेको छ ।
ब्युटीसियन तालिममा ४० जना र सिलाई कटाई तालिममा २० जना गरी ६० जना महिला सहभागी छन् । ब्युटिसियन तालिममा किशोरी–युवतीको संख्या धेरै छ । दुवै तालिम ३ सय ९० घण्टे कोर्समा आधारित छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram