logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

देवचुली १२ ले मनायौ पाँचौ वडा दिवस

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ६ ।
देवचुली नगरपालिकाको वडा नं. १२ ले वडा दिवस मनाएको छ । नगरपालिकाका १७ वटा वडामध्ये सबैभन्दा पहिला संयुक्त वडा कार्यालयवाट स्थानान्तरण भई वडामै कार्यालय सञ्चालनमा ल्याउने पहिलो वडाको परिचय बनाएको वडा नं १२ ले प्रत्येक वर्ष वैशाख ५ गते वड़ा दिवस मनाउने गर्दछ ।
पाँचौ वडा दिवसका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपानेले राजनैतिक आस्थाका आधारमा जो जहाँसुकै  भएपनि सामाजिक कार्यमा सबै एकै कित्तामा उभिन आग्रह गर्नुभयो ।
वहाँले पूर्व जनप्रतिनिधि सामाजिक अगुवाहरुकोे एकताकै कारण वडा नं. १२ ले थुप्रै क्षेत्रमा फड्को मारिरहेको नगरपालिकाको मुल्यांकन रहेको सुनाउनुभयो । वहाँले विकास योजना मा नगरपालिकाले गर्नुपर्ने सहयोग भइरहने प्रतिबद्धता जनाउनुभयो ।
दिवसकै अवसरमा वडा अध्यक्ष लोकप्रसाद भुर्तेलले चालु वर्षको प्रगतिको संक्षिप्त समिक्षा सुनाउनुभयो । वहाँले वडा निहित योजना कार्यक्रम मध्ये एउटा मात्रै काम हुन वाँकी रहेको बताउनुभयो । नगर, प्रदेश र संघ अन्तरगतका योजना समेत वडाभित्र सञ्चालनमा रहेको सुनाउनुभयो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा वडा कार्यपालिका सदस्य, कर्मचारी, वडाका पूर्व जनप्रतिनिधि, टोल विकास संस्था तथा सामाजिक संघसंस्था र सामाजिक अगुवा प्रतिनिधि लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram