logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

देवचुली पाउरोटी उद्योगमा आगोलागी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ६ ।
देवचुली स्थित पाउरोटी उद्योगमा आगोलागी भएको छ ।.वडा नं.. १४ सहाराचोक स्थित देवचुली पाउरोटी उद्योगमा बुधवार दिउँसो आगोलागी भएको हो ।
उद्योगको उत्पादन कक्षमा ग्याँस सिलिण्डर पड्Þिकदा आगोलागी भएको उद्योग सञ्चालकले बताएका छन् ।
उद्योगभित्र कामदारले काम गर्ने वेला चुल्हो बाल्ने क्रममा सिलिण्डर पड्किएको कामदार–कर्मचारीले बताएका छन् ।.
दुई घण्टा भन्दा बढी समयसम्म लागेको आगो नजिकैको परालको टौवामा पनि सल्किएको थियो ।
उद्योगभित्र लागेको आगोले वजार पठाउन तयारी भएका सामग्री, उद्योगलाई आवश्यक पर्ने मैदा, पिठो, घिउ–तेल, चिनी लगायतका कच्चा पदार्थ क्षति भएको छ । प्रहरीले संकलन गरेको प्रारम्भिक मुचुल्कामा उद्योगतर्फ करीव ३ लाख बरावर र छिमेकीको टौवाको अनुमानित १८ हजार रुपैया बराबरको क्षति अनुमान गरिएको छ ।
उद्योगको भौतिक संरचना समेतमा क्षति पुगेको छ । कावासोती नगरपालिकाको दमकलको सहायता र स्थानीय एवं प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram