logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

छुटेका बच्चालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

नवलपुर, बैशाख ६ ।
अभियानका रुपमा सञ्चालित पाँच वर्ष मुनिका बालबालिकालाई बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको छ । वर्षमा २ पटक खुवाईने भिटामिन ए र जुकाको औषधि बुधवार नखाएका बच्चालाई बिहिवार पनि खुवाईने कार्य तालिका छ ।
सरकारले प्रत्येक वर्ष बैशाख र कार्तिकमा ६ महिनाको फरकमा बालवालिकालाई भिटामिन ए र जुकाको औषधि निशुल्क उपलब्ध गराउँछ ।
बैशाख महिनाभरि पूर्ण खोप अभियान समेत सञ्चालन भईरहेको सन्दर्भ पनि परेकाले खोप लगाउने उमेर समूहका बच्चालाई दिईने खोपका साथै भिटामिन ए र जुकाको औषधि खवाउने अभियानमा सहभागी हुन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।
कार्यालय प्रमुख केशवप्रसाद चापागाईले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गर्नुभएको हो ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram