logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

वडा प्रबद्र्धन प्रतिष्ठान कावासोती ९ द्धारा अपाङ्ग संस्थामा खाद्य सहयोग

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

नवलपुर, बैशाख ७।
कावासोती ९ को वडा प्रबद्र्धन प्रतिष्ठानले अपाङ्ग सेवा संस्थामा खाद्य सामग्री सहयोग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष पण्डित विष्णुप्रसाद पोख्रेलको ६५ औं वर्ष जन्मोत्सवको अवसरमा निजी खर्चमा प्रतिष्ठानले संस्थागत सहयोग हस्तान्तरण गरेको हो ।
बुधबार कावासोती ८ स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको प्रतिष्ठानका सचिव बाबुराम केसीले जानकारी दिनुभयो ।
चामल, फर्सी, बोडी, लौका, जुस लगायतका खाद्य तथा उपभोग्य सामग्री  संस्थाका अध्यक्ष कृष्णकुमार रोकाले ग्रहण गर्नुभयो ।
सेवाको भावले सञ्चालित संस्थामा १४ जना बालवालिका आश्रित छन् । दान सहयोगबाट गुजारा चलाईरहेको संस्थामा राज्यका निकायको कुनै पनि प्रकारको दृष्टि नपुगेको अध्यक्ष रोकाले गुनासो गर्नुभयो ।
त्यस्तै अपाङ्गता भएकै कारण कावासोती ३ को सहिद स्मृति माविले ति वालवालिकालाई भर्ना नलिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रमको सहजीकरण पत्रकार रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram