logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

पाल्पा दरबारलाई विश्व सम्पदा सूची राख्न तानसेन नगरपालिकाले चलायो डोजर

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

पाल्पा, बैशाख ६ ।
पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न त्यस आसपास रहेका घरटहरा हटाइएको छ ।
तानसेन नगरपालिकाले तेर्सोसडक तथा सित्तलपार्टी मूलढोका क्षेत्रका ५७ वटा पसल तथा घरटहरामा डोजर चलाएको हो ।  पाल्पा दरबारलाई  विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न घरटहरा हटाइएको तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो ।
नगरपालिकाले व्यापारी तथा व्यवसायीलाई ३५ दिने सूचना जारी गरेको थियो । सूचना अनुसार व्यवसायीले सामान मंगलबार बेलुकी नै हटाइसकेका थिए ।
घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गरि सुन्दर बनाउने नगरपालिका र पुरातत्व विभागको योजना छ ।
तानसेन  नगरपालीकाको स्वामित्वमा रहेको जग्गामा नगरपालिका तथा अन्य सामाजिक संस्थाहरुले सटर भाडामा लगाएका थिए ।
व्यापारी तथा  व्यवसायीहरुले भने नगरपालिकाले आफूलाई अन्याय गरेको गुनासो गरेका छन् । ३५ दिने सूचनाका आधारमा आफूहरुलाई विस्थापित गरेको उनीहरुको भनाई रहेको उज्यालोमा खवर छापिएक‍ो  छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram