महोत्तरी, बैशाख ६ ।
महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकैघरका तीन जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षका अमृत मण्डल, उहाँकी श्रीमती २४ वर्षकी अञ्जु मण्डल र भतिजी छ वर्षकी अंशु मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दिलिप गिरीले जानकारी दिनुभयो ।
बुधवार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्वे ट्र्याक नजिक बा ३ ख २३९६ नम्बरको बसले मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली