नवलपुर, बैशाख ६ ।
वृत्य अरविन्द र रोहन मुस्तफाको दोहोरो शतकीय साझेदारीमा यूएईले एसीसी प्रिमियर कपमा सानदार जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।
यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७१ रन बनायो । यूएईका वृत्य अरविन्दले १८५ रनको शतकीय इनिङ्स खेले । अनुभवी ब्याटर रोहन मुस्तफाले ११८ रन बनाएर आउट भए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली