logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

उपचुनाव बहिस्कारको प्रचारमा संलग्न ४ जना पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
७ बैशाख २०८०, बिहीबार
Share it

तनहुँ, बैशाख ७ ।
आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्रेको छ ।
पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।
मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यस्तै वैशाख १० मा नै बारा २ र चितवन २ मा पनि उपनिर्वाचन हुँदैछ ।

स्रोतः अनलाइन खवर डट कम

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram