खगेन्द्र पराजुली, नवलपुर, बैशाख १० ।
मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट ४ बर्षे बालकको घटनास्थलमै ज्यान गएको छ ।
मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका ४ बर्षीय छोरा आदित्य माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वडा नं. १५ स्थित हरवासटार खण्डको भित्री खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ झ २३१२ नम्वरको जीपले बालकलाई ठक्कर दिएको हो ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।
आईतवार साँझ ५ बजे घटना भएको जानकारी प्राप्त् भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट ६ जनाको अनुसन्धान सहितको टोली घटनास्थल पुगेको डिएसपी पाठकले बताएका छन् ।
चालकको परिचयका बारेमा भने जानकारी आईनसकेको बताईएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली