logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

देवचुली ४ मा बैशाख १५ देखि १८ सम्म वडाअध्यक्ष भलिबल प्रतियोगिता हुने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
११ बैशाख २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ११ ।
देवचुलीको वडा न ४ मा तेस्रो वडा अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । वैशाख १५ देखी १८ गतेसम्म हुने प्रतियोगिता शान्तिडाँडा खेल मैदानमा सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार, दोस्रो पुरस्कार ४० हजार र तेस्रो पुरस्कार २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । बेष्ट प्लेयरलाई ५ हजार सहित ट्रफी, प्रमाणपत्र र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
बेष्ट सर्भर, बेस्ट ब्लकर, बेष्ट सेटर, बेष्ट स्पाइकर र बेष्ट डिफेण्डर विधामा उत्कृष्ट छनोट हुनेलाई नगद २ हजार सहित प्रमाणपत्र र ट्रफीको व्यवस्था रहेको छ ।
प्रतियोगितामा भाग लिन सहभागी समूहले ५ हजार ५ सय रुपैया बुझाएर टीम दर्ता गर्नुपर्ने छ । समूह दर्ताको अन्तिम मिति बैशाख १३ सम्मलाई तोकिएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram