logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

अहिलेको शिक्षा र चेतनाले सन्तुष्ट हुने छुट छैन– नगर प्रमुख न्यौपाने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ बैशाख २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख १३ ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आजको शिक्षा र चेतनाले सन्तुष्ट हुन नसक्ने स्थिति बनेको बताए । बर्तमान राजनैतिक घटनाक्रम र नागरिकले खोजेका परिवर्तनका सवालमा यथास्थितिको सोचले नहुने धारणा राखे । मंगलवार सामुदायिक बिद्यालयका प्रधानाध्यापकको नियमित मासिक बैठक, गत शैक्षिक सत्रको समिक्षा तथा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा सम्वन्धि कार्यक्रममा नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख न्यौपानेले यस्तो बताएका हुन् ।
नगर प्रमुख न्यौपानेले आजको युगमा शिक्षा नै पहिलो आधार भएको बताएका छन् । उनले शिक्षा विना केही पनि सोच्न नसकिने बताएका हुन् । उनले शिक्षा अवसर र चुनौती दुवै रहेको जिकिर गरे । “त्यसो भएको कारणले गर्दा शिक्षामा हामी कन्जुस्याई गर्नु हुदैन र यो सँगै चुनौती छन् ।” उनले भने ।  धेरै चुनौतीका बावजुत पनि सम्वन्धित सरोकारवालाहरु पीडामा पिल्सिएको आफुले महसुुस गरेको बताए ।
उनले छलफलका लागि छलफल मात्रै भन्दा पनि परिणाममुखी निष्कर्ष र निर्णयको अपेक्षा गरे । उनले प्रअहरुको प्रत्येक मासिक बैठकबाट शैक्षिक स्तर बृद्धि गर्दै लैजाने एउटा नयाँ निर्णय गर्न आग्रह गरे ।
कतै विद्यार्थी धेरै पुर्वाधारको समस्या कतै पुर्वाधार खाली–खाली विद्यार्थीको संख्या न्यून रहेको असन्तुलित परिस्थिति रहेको बताए । यस्तो स्थितिलाई सन्तुलन मिलाउन नगर शिक्षा समितिले कदम चाल्नुपर्ने बताए ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बरचुली माविका प्रधानाध्यापक चन्द्रदेव तिवारी, नेपाल माविका प्रधानाध्यापक शिव देबकोटा लगायतले देवचुलीमा सामुदायिक बिद्यालयको स्थिति, समस्या, सम्भावना र नगरपालिकाले खेल्नुपर्ने भूमिका र राख्नुपर्ने चासोका विषयमा एजेण्डा सहितका बक्तब्य प्रस्ताव गरेका थिए ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद शर्माले ससर्तको बजेटबाट देखाउने गरि उपलब्धि नभएपनि शिक्षक कर्मचारीको लगनशीलताका कारण अभावका बावजुत पनि शैक्षिक गुणस्तरको स्थिति उदाहरणीय रहेको बताए । उनले अड्कलेर आउने बजेटका कारण सधै अभावै–अभाव रहने गरेको स्वीकारे । उनले भने– “न साधनले पुग्छ, न स्रोतले पुग्छ, शिक्षक अभावै देखिन्छ, यी जहिले पनि हुने कुराहरु हुन् । विद्यार्थी संख्या बढेको हुन्छ । घटेपनि विद्यालयले गर्ने क्रियाकलाप सबै गर्नुपर्ने हुन्छ ।”
नगर शिक्षा अधिकृत नन्दलाल ढकालको सञ्चालनमा भएको कार्यक्रम नियमित कार्यक्रमको छलफल, शैक्षिक सत्र २०८० का लागि शैक्षिक कार्ययोजना निर्माण र शैक्षिक गुणस्तर बिकासमा आगामी कार्यक्रमहरुको विशिष्टीकरण र योजना माग सहितका विविध शैक्षिक सरोकारसँग सम्वन्धित सन्दर्भमा छलफल र निर्णय भएको ढकालले बताए ।
देवचुलीमा गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयतर्फ बाल बिकास कक्षा देखी कक्षा १२ सम्म ११ हजार ९ सय ६२ बिद्यार्थी रहेका शिक्षा शाखाको तथ्याङ्क छ । नगरभित्र १० वटा माध्यमिक बिद्यालय र १८ वटा आधारभूत विद्यालय गरी २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका शिक्षा शाखाका प्राविधिक सहायक देवराज काफ्लेले विवरण दिएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram