logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

खानेपानी निशुल्क गर्न अनुदान चाहिन्छ– कंडेल

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१४ बैशाख २०८०, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर बैशाख १४ ।
खानेपानी महासंघ नवलपुरका सदस्य एवं कावासोती खानेपानी संस्थाका पूर्व अध्यक्ष भीमलाल कंडेलले खानेपानी र अन्य संघसंस्थामा जिम्मेवारी बहन गर्दै गर्दा खानेपानीको नेतृत्व निकै चुनौतीपूर्ण र संबेदनशील विषय भएको बताएका छन् । बिहिवार कावासोतीमा आयोजित खानेपानी महासंघको जिल्ला भेला एवं पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रममा स्वागत तथा विषय प्रवेश गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सम्पूर्ण सजीव प्राणीको जीवनसँग जोडिएको क्षेत्र खानेपानी भएकाले सामान्य त्रुटि वा कसैको बदमासीले समेत ठूलो दुर्घटना हुनसक्ने भएकाले जोखिमपूर्ण जिम्मेवारी उपभोक्ता समिति मार्फत समुदायले बहन गरेको उनको भनाई थियो ।
सरकारले विना योजना र विना तयारी बजेट भाषणमै ल्याउने कार्यक्रम सरकारी तहबाट कार्यान्वयन नहुँदा त्यसको भार उपभोक्ता समितिहरुमा परेको उनले गुनासो गरे ।
बजेट बनाउने क्रममा निशुल्क खानेपानीको कार्यक्रम सार्वजनिक गर्ने तर कार्यान्वयन चरणमा भने सरकारले दायित्व ग्रहण वा उपभोक्ता समिति लक्षित अनुदानका योजनाहरु नल्याउँदा त्यस्ता कार्यक्रमहरु बजेट भाषणमा मात्रै सिमित हुन पुगेको उनको तर्क थियो ।
सरकारले निशुल्क भनेर बनाएको मापदण्ड अनुसारको खानेपानी सेवा निशुल्क गर्ने हो भने उपभोक्ता समिति चल्न नसक्ने स्पष्ट पारे । उपभोक्तालाई निशुल्क पानी खुवाउन सरकारले अनुदान दिनुपर्ने कंडेलले अडान राखे ।
उनले करको विषयमा समेत खानेपानी संस्थाहरुको ध्यानाकर्षण भएको बताए । सेवामूलक र उपभोक्तामुखी संस्था मात्रै नभएर खानेपानी भनेको नैसर्गिक अधिकार भित्रको विषय भएकाले सरकार मातहतको राजश्व कार्यालयले खानेपानीलाई आयमुलक र ब्यवसायिक करको दायरामा राखेर पानमा आवद्धता गराएर कर लिनु सरासर गलत र निन्दनीय भएको कंडेलको भनाई छ । चितवन रत्ननगरको खानेपानी संस्थाले कर रहितको पान लिएर काम गरिरहेको नजिर हुँदाहुँदै पनि नवलपुरमा कर कार्यालयले गर्नै नसकिने दलिल दिएकोप्रति उनले आक्रोश पोखेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram