खगेन्द्र पराजुली, नवलपुर बैशाख १४ ।
जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष एवं प्रगतिनगर खानेपानी संस्थाका समेत अध्यक्ष खिमानन्द भुसालले उपभोक्तालाई राम्रो सेवा प्रदान गरेर, गुणस्तरीय पानी उपलब्ध गराएर, अधिकतम सहज सेवा प्रदान गरेर आफु स्थापित भएको मुल्य तिर्नुपर्ने धारणा राखेका छन् ।
बिहिवार कावासोतीमा आयोजित खानेपानी महासंघको जिल्ला भेला एवं पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रममा कार्यक्रमको औचित्यमाथी स्पष्ट पार्ने क्रममा अध्यक्ष भुसालले राज्यले ठूलो जनशक्तिलाई सामाजिक क्षेत्रमा समर्पित गर्ने एउटा फोरम तयार गरिदिएको बताउँदै यो अवसरले प्राप्त गरेको मर्यादाको मुल्य सेवाबाट तिर्नुपर्ने बताएका हुन् ।
उनले जिल्ला महासंघले मुख्य रुपमा नीतिगत पैरवी र संयोजन गर्ने भएकाले पानीको क्षेत्रमा उपभोक्ता संस्थाले नै उपभोक्ताको हितमा काम गर्नुपर्ने बताए । “नेतृत्व बिकास र नीतिगत सुधारको पैरबी गर्ने काम महासंघको हो” उनले भने ।
उनले खानेपानी संस्थाहरुलाई अव्वल र सवल बनाउन खानेपानी उपभोक्ता संस्थाका सांगठनिक संरचनाहरु र संस्थागत प्रक्रियाहरुलाई मजवुत बनाउनुपर्ने आवश्यकता रहेको औल्याए । उनले संस्थाको बिकास र संमृद्धि सांगठनिक संरचना र प्रक्रियासँग जोडिने स्पष्ट पारे ।
भुसालले उपभोक्ता समिति र ति संस्थामा नेतृत्व गर्ने नेतृत्वकर्तालाई राज्यले सजाय दिएको नभई अवसर दिएको तर्क राखे । उनले भने– तपाईले खानेपानी संस्था चलाउनुहोस् ब्यवस्थापन गर्नुस भनेर अवसर दिएको हो । मलाई लाग्छ राज्यले हामीलाई नेता हुने अवसर दिएको छ । जनताको घरघरमा पुग्ने अवसर दिएको छ ।”
यदि यो खानेपानी जति सवै सरकारी भएको भए सरकारी कर्मचारी आएर सबै काम गर्नुहुन्थ्यो हाम्रो भूमिका यो समुदायमा हुदैनथ्यो त्यसकारणले हामीले अधिकारवादी कुरा मात्रै भन्दा पनि हामीले पनि त्यहाँबाट केही अवसरहरु लिएका छौ । राज्यले बास्तबमा ठूलो जनशक्तिलाई सामाजिक क्षेत्रमा समर्पित गर्ने एउटा फोरम तयार गरिदिएको छ । यो अवसरले मर्यादा पनि पाएका छौं । त्यसैले त्यो मर्यादाको मुल्य पनि तिनुपर्छ उनले भने ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली