खगेन्द्र पराजुली, नवलपुर, बैशाख १६ ।
वनमा लागेको डढेलो निभाउन गएका देवचुलीका एक युवकको ज्यान गएको छ । रजहरस्थित चौतारी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा घाईते भएका २२ बर्षीय दामोदर शर्मा खरेलको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको वन समूहले शोक तथा श्रद्धाञ्जली विज्ञप्तिमार्फत जनाएको छ ।
वनको सञ्चालक समितिका अध्यक्ष लोकनाथ उपाध्याय अर्यालद्धारा हस्ताक्षरित पत्रमा किर्तिपुरस्थि तबर्न अस्पतालमा उपचारका क्रममा ति युवाको मृत्यु भएको उल्लेख छ । बैशाख १२ गते दिउँसो डढेलो निभाउने क्रममा अचानक लागेको हावाहुरीपछि नियन्त्रण बाहिर गएको आगोका ज्वालाले ति युवक पोलिएर घाईते भएका थिए । टोलीमा रहेका अन्य चार जना सुरक्षित रहे पनि खरेललाई आगोले घाईते तुल्याएको उल्लेख छ । पछि उद्धार गरी भरतपुर हुँदै काठमाण्डौ पुर्याएर आईसीयुमा उपचार गराईरहेका उनको १३ गते दिउँसो ३ बज मृत्यु भएको उक्त पत्रमा जनाईएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली