खगेन्द्र पराजुली, नवलपुर, बैशाख १६ ।
विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ । विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी’ नामको पाठ्यक्रम निर्माण गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।
पाठ्यक्रममा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनोपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए ।
गाउँपालिकाले स्थानीय पाठ्यक्रमको कक्षा १ देखि ५ सम्मको पाठ्पुस्तक छपाइका लागि पठाइसकेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा पाठ्यपुस्तक एक हप्ताभित्रमा निःशुल्क उपलब्ध गराउने गरी तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली