logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

कावासोतीमा लागु पदार्थ र दुब्र्यसन विरुद्धको सचेतना कार्यक्रम

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१६ बैशाख २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख १६ ।

कावासोती नगरपालिकाको वडा नं. ३ वडा कार्यालयले लागु पदार्थ र दुब्र्यसन विरुद्धको सचेतना कार्यक्रम गरेको छ । वडा भित्रका माध्यमिक विद्यालयका प्रतिनिधि मुलक विद्यार्थी, टोल सुधार समितिका प्रतिनिधि लक्षित एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको हो ।
शहिद स्मृति माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्रहरी, ट्राफिक प्रहरी,, कानूनकर्मी र अधिकारकर्मी सहितका प्रशिक्षकले सहजीकरण गरेका थिए ।
वडाअध्यक्ष डोरमान गिरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नगर शिक्षा शाखाका प्रमुख क्षेत्रबहादुर भण्डारीले सवैभन्दा धेरै साथीसंगतको प्रभाव पर्ने उमेर अवस्था नै विद्यालय उमेर समूह भएकाले यो समयमा किशोर–किशोरी स्वयं सचेत हुनुपर्ने बताए । उनले यससँगै अभिभावक, विद्यालय प्रशासन, समाजको समेत उत्तिकै भूमिका रह्यो भने विकृतिका रुपमा देखिएका अवशेषहरु न्यूनीकरण हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल, सरकारी वकिलको कार्यालयका तर्फबाट बुद्ध थापा, प्रहरी कार्यालयबाट आनन्द काफ्ले र जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव एवं अधिकारकर्मी दिपक शर्माले प्रशिक्षण दिएका थिए ।
वडा कार्यालयका सचिव विष्णु मिश्रको सञ्चालनमा भएका कार्यक्रमको समन्वय कावासोती मिडिया हाउसले गरेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram