logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

निजी क्षेत्रसँग सहकार्य आवश्यक–प्रधानमन्त्री

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ बैशाख २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख १८ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन बृद्धि र रोजगार सृष्टि सरकारले पुरा गर्न नसक्ने बताएका छन् । उनले यसको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा राखे । नवलपुरको गैंडाकोटस्थित मौलाकाली मन्दिर पुग्ने मौलाकाली केवलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले राज्यले यसका लागि आवश्यक बातावरण बनाईदिन सक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले उत्पादन बृद्धि र रोजगारी सृष्टिका लागि आवश्यक पर्ने ऐन–कानून बनाउने, अन्य भौतिक पुर्वाधारको बिकास गर्ने, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यसबाट स्वस्थ जनशक्ति निर्माण गर्ने जस्ता आधारभूत कुरामा राज्यले प्राथमिकता दिदै वातावरण तयार गर्ने स्पष्ट पारेका हुन् । उनले भने– “आजको युगमा उत्पादन बृद्धि र रोजगार सृष्टि सरकारले पुरा गर्न सक्ने कुरा मुख्य रुपमा हैन । यो निजी क्षेत्रले मात्रै उत्पादन बृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्न सक्छ । त्यो बातावरण बनाईदिने जिम्मा राज्यको हो ।”
उनले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरिकन देशले आर्थिक बिकासमा गति लिनै नसक्ने पनि ठोकुवा गरे । अहिले आफुले उत्पादन बृद्धि र रोजगारी सृष्टिमा जोड दिएको जिकिर गर्दै सरकारले सिर्जना गरिदिएको बातावरणमा उचित सहकार्यका साथ निजी क्षेत्रले प्राथमिकता दिने हो भने मात्रै बिकासले गति लिने प्रचण्डको भनाई थियो ।
निजी र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहरण मौलाकाली केवलकार भएको बताउँदै उनले देशको अर्थतन्त्र पुनः लयमा फर्किनेमा बिश्वास ब्यक्त गरे । उनले निजी क्षेत्रलाई अहिले परेको अप्ठ्यारोलाई सहज गर्न संघीय सरकारका तर्फबाट धेरै पहल भएको स्पष्ट पारे । तर, परिणाम ननिस्कदासम्म अहिले धेरै कुरा भन्न नमिल्ने भन्दै उनले भने– “निजी क्षेत्रलाई सहज गर्न पहल भएको छ परिणाम ननिस्कदासम्म त मैले धेरै कुरा भन्न मिल्दैन तर मलाई बिश्वास छ, परिणाम निस्कन्छ ।”
प्रचण्डले नेपालमा तराई–मधेसदेखि पहाड–हिमालसम्म मौलाकाली जस्ता हजारौ ऐतिहासिक साँस्कृतिक र धार्मिक स्थलहरु रहेको भन्दै यी ठाउँमा हुने यस्ता परियोजनाले पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास प्रकट गरे । “यी परियोजनाहरुले पक्कै पनि हाम्रो पर्यटन प्रवद्र्धनमा त योगदान गर्छ गर्छ नै त्यसले समग्र आर्थिक बिकासलाई गति दिने कुरामा पनि राम्रो योगदान गर्छ ।”
उनले पर्यटन प्रवद्र्धनका दृष्टिकोणले धार्मिक, साँस्कृतिक, ऐतिहासिक सम्पदाहरुमा गरिने पुर्वाधार परियोजनाहरु जनताको आवश्यकता, जीवन, संमृद्धि र आकांक्षासँग जोड्ने परियोजना भएको बताए ।
नारायणीको एउटा किनार चितवनतर्फ मात्रै बृहत तटबन्धको काम अगाडी बढेकोप्रति आएका गुनासाप्रति जवाफ दिदै प्रचण्डले चितवन र नवलपुर दुईटै जिल्लालाई एउटै बिशेष आर्थिक क्षेत्रका रुपमा बिकास गर्ने योजना रहेको सुनाए । उनले भने– “नारायणी तटबन्ध दुवैतर्फ गर्ने पहल गरेको छु यसको परिणाम निकट भविश्यमै सुन्न पाउनुहुनेछ ।”
फरक प्रंसंगमा उनले आजभोलि राजनीतिमा आत्मबिश्वास, प्रेरणा जगाउने, आशा जगाउने, सकारात्मक पहल गर्ने भन्दा जतासुकै अध्यारो देखाउने, सबै उस्तै हुन् भन्ने एउटा अराजक प्रवृति देखा पर्न खोजेको भन्दै त्यो प्रवृति सवैका निम्ति गम्भीर र घातक हुनसक्ने टिप्पणी गरे । उनले भने–“मैले धेरै नभनिकन यत्ति मात्रै भन्छु कि यसमा हामी सवै सजग हुन जरुरी छ ।”
उनले राम्रालाई राम्रो भन्न नसक्ने र नराम्रोलाई सच्च्याउन आँट गर्न नसक्ने भयो भने बिकास भन्ने कुरा मुस्किल र चुनौतीपूर्ण हुने बताउँदै जनतामा निराशा र हतासा बाड्ने काम रोकिदिन पनि आग्रह गरे ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram