logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

देवचुलीका ६ जनालाई कुकुरले टोक्यो, ३ वर्षीय बालकको अवस्था गम्भीर ।

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१ जेष्ठ २०८०, सोमबार
Share it

माधव सुवेदी, नवलपुर, जेठ १ ।

देवचुलीमा भुस्याहा कुकुरको टोकाईबाट ६ जना स्थानीय घाईते भएका छन् । देवचुली नगरपालिकाको वडा नं. १६ मा कुकुरले टोक्दा ६ जना घाईते भएका हुन् ।
स्थानीयका अनुसार एउटै कुकुरले ति मानिसलाई आक्रमण गरेर घाईते तुल्याएको हो । सवैको अनुहारको गाला र घाँटीको भागमा चोट लागेको छ । घाइतेको दुम्कौलीस्थित देवचुली नगर अस्पतालमा प्रारम्भिक उपचार गरे पश्चात थप उपचारका लागि भरतपुर पठाईएको छ ।
कुकुरले टोकेको रेविज विरुद्धको सुई नगर अस्पतालबाट दिएर थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको अस्पताल प्रशासन प्रमुख चित्रबहादुर सुनारले बताउनुभयो । गहिरो टोकाईका कारण हुनसक्ने संक्रमणको उपचारमा दिईने ईमिनोग्लोविन भरतपुर अस्पतालमा मात्र हुने भएकाले रेफर गरिएको उहाँले बताउनुभयो ।
घाइतेमध्ये प्रगतिटोलका ३ बर्षीय बालक जुवेर मियाँको अवस्था गम्भीर रहेको वडाअध्यक्ष केशवराज गौतमले जनाउनुभएको छ । जुवेरको गाला र घाँटीमा गहिरो घाउ छ ।
कुकुरको आक्रमणमा परी घाईते हुनेमा प्रगति टोलकै ३५ बर्षकी कमला पोखरेल र ५० बर्षकी बुधकुमारी ढुंगाना, सृजना टोलकी बर्ष ४६ का मुनुरदिन मियाँ, १४ नम्वर टोलका ४० बर्षका नेत्र लामिछाने र मध्यविन्दु १५ भ्युरानबाट आएका ४० बर्षका चन्द्रमणी पाण्डे छन् ।
कुकुरले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि थप घटना हुन नदिन वडा, प्रहरी, स्थानीय अगुवा–प्रतिनिधिहरुको मौखिक निर्णय अनुसार कुकुरलाई विष सेवन गराएर मारिएको छ । सो कुकुरलाई मासुमा विष मिलाएर मारिएको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram