खगेन्द्र पराजुली,
नवलपुर, जेठ ६।
नवलपुरमा एकैदिन दुई भिन्न ठाउँमा आगोलागीका घटना भएका छन् । शुक्रबार बिहान दूध तताउने क्रममा दाउराको चुल्हो र एक कपास उद्योगमा विजुली चुहावट भई आगोलागी हुँदा भौतिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले उपलब्ध गराएको घटना विवरण अनुसार दुबै आगजनीजन्य घटनामा १७ देखी २० लाख वरावरको भौतिक सम्पत्ति नष्ट भएको जनाईएको छ । जिल्ला प्रहरी कार्यालयको सञ्चार तथा समाचार कक्षका अनुसार गैंडाकोट १२ का ऋषिराम उपाध्यायको घर र गोठ जलेर नष्ट भएको हो भने मध्यविन्दु ८ स्थित चरौलीमा रहेको एक कपास उद्योगमा आगोलागी हुँदा कम्पनीभित्र रहेका कपडा र कपासजन्य सामग्री जलेर नष्ट भएको छ । दुवै घटनामा मानवीय तथा चौपाया क्षति नभएको समेत जनाईएको छ ।
हर्कपुरमा भएको आगोलागी गोठमा रहेको चुल्होमा दूध तताउने क्रममा नजिकै रहेको प्लाष्टिकको बोरामा आगो सल्किएर अचानक गोठ हुँदै घरमा फैलिएको हो । यस्तै, मध्यविन्दुमा इमान बस्नेतले सञ्चालन गरेको उद्योगमा विजुलीको तार सट हुँदा अचानक आगोलागी भएको हो ।
स्थानीय, प्रहरी र दमकलको सहायतामा आगोलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली