logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

नवलपुरमा चालु वर्षमा ३९ वटा आगोलागीका घटनाः ५० प्रतिसत विद्युतीय गडबढीका कारण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ जेष्ठ २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, जेठ ६ ।
नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म ३९ वटा आगोलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ । जसमध्ये १८ वटा घटना विद्युतजन्य गडवढीका कारण भएका छन् भने बाँकी भान्सा तथा गोठमा आगोका फिलिङ्गो फैलिएर, ग्याँस सिलिण्डर चुहावट भएर, बनको डढेलो बस्ती पसेर आगोलागी भएका छन् । यो विवरणमा सडकमा गुड्दै गरेको एउटा सवारी साधनमा भएको आगोलागीको घटना र सामुदायिक बनमा मानवीय क्षति हुने गरी भएको डढेलोको एउटा घटना समेत उल्लेख गरिएको छ ।
प्राय सुख्खा याममा आगोलागीजन्य घटना धेरै हुने गरेपनि यहाँ बाह्रै महिना कुनै न कुनै माध्यमबाट आगोलागी हुने गरेको पाईएको छ । करीव ५० प्रतिसत आगोलागीका घटना विद्युतीय माध्यमबाट हुने गरेको पाईएपछि विद्युत प्रयोजनमा प्रयोग हुने सामग्री प्रयोगमा बिशेष ध्यान दिनुपर्ने नेप–इण्डिया कम्पनीका सञ्चालक चन्द्रकान्त जैसी शर्मा बताउँछन् । नवलपुर जिल्ला भारतीय सीमावर्ती जिल्ला समेत भएकाले यहाँ अवैध रुपमा कमसल र गुणस्तरहीन विद्युत वायरिङमा प्रयोग हुने सामग्रीहरु बढी प्रयोग भएका कारण समस्या देखिएको जैसी बताउँछन् । उनका अनुसार ग्राहक स्वयं सस्तो सामान पाईने भ्रममा पारीबाट सामान लुकाएर ल्याउने प्रचलन पनि रहेको छ । प्राविधिक ज्ञान नहुँदा गुणस्तरीय सामान छनोट गर्न नसक्नु, नेपालीहरु भारतीय बजारमा सामान लिन जाँदा भारतीय ब्यापारीले सकेसम्म उस्तै देखिने नक्कली सामान सस्तैमा दिनु, सामान जडान गरिसकेपछि आउने समस्यापछि गुनासो गर्ने, सामान बदल्ने भन्दा पनि अहिलेलाई चलिरहेको छ भन्दै हेलच्याक्राई गर्दा गम्भीर घटना निम्तन सक्ने शर्मा बताउँछन् । त्यति मात्रै नभएर अवैध रुपमा नेपाल छिराएर गैरकानूनी ब्यवसाय गर्ने पोके ब्यापारीको ठगीमा समेत उपभोक्ता पर्ने गरेको दलदलेमा उज्यालो नेपाल विजुली सामग्रीको ब्यवसाय गर्दै आएका कृष्णराज गैरेले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जिल्लामा एउटा मात्रै दमकल भएकाले छिटो–छरितो सेवा प्रवाहमा असहजता भएको बताउँछन् ।
अहिले कावासोती नगरपालिको मात्रै एउटा दमकल हुँदा तत्कालै घटनास्थलमा बारुण यन्त्र पुग्न पनि गाह्रो हुने गरेको छ । जिल्लाका आठै पालिका मिलेर कम्तीमा २ पालिका वरावर एउटा दमकल राख्ने हो भने हुनसक्ने क्षतिलाई कम गर्न सकिने प्रहरी प्रमुख तिवारी बताउँछन् ।
गैंडाकोटदेखि विनयी त्रिवेणीमा अहिलेलाई ३ वटा र पहाडी क्षेत्रका लागी बुलिङटार, बौदीकालीमा एउटा दमकल राख्नुपर्ने देखिएको र सोही अनुसार आफूले स्थानीय पालिकाहरुसँगको विपत् न्यूनीकरण सम्वन्धि बैठक, अन्तरक्रिया र गोष्ठीहरुमा आगोलागीजन्य घटना नियन्त्रणका प्रतिवेदन प्रस्तुतका क्रममा सुझाव दिएको तिवारीले सुनाए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram