logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

कावासोतीको सेण्ट जोसेफ स्कुलमा चुनाव सम्पन्न

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ जेष्ठ २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, जेठ १३ ।

आरम्भ एकेडेमीद्धारा सञ्चालित कावासोतीको सेण्ट जोसेफ स्कुलमा विद्यालय नेता १ जना र उपनेतामा २ जना चयन गर्न निर्वाचन प्रक्रिया भएको छ ।
विद्यार्थीबाटै रुचाईएको नेतृत्व चयन र विद्यार्थीलाई निर्वाचन प्रक्रियाको प्रयोगात्मक अभ्यासमार्फत शिक्षण सिकाई होस् भन्ने उदेश्यले विद्यालयमा निर्वाचन भएको हो । १ हप्ता अगाडीदेखि मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता, प्रचार प्रसारको अवधि, मौन अवधि हुदै मतदानको प्रक्रिया लगायतका क्रियाकलापमा विद्यार्थी आफैले सहभागी भएर अभ्यास गरेका थिए ।
३ जना चयन हुने निर्वाचनमा १० जनाले उम्मेदवारी दिएका थिए । कक्षा २ देखि १० सम्मका ५ सय २८ जना मतदाताका रुपमा रहेका विद्यार्थीमध्ये ५ सय १९ विद्यार्थी मतदानमा सहभागी रहेका निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका सामाजिक विषय शिक्षक हरि बस्ताकोटीले जानकारी दिए।
वहाँले विद्यार्थीलाई निर्वाचन प्रक्रियाका बारेमा आफैले अनुभव हुने गरी अभ्यास गराउँदा शिक्षक सिकाईको ज्ञान ताजै रहने अपेक्षा गरिएको बताउनुभयो ।
प्रमुख पदका लागि चुनावी खर्च बापत १ हजार रुपैया र उपनेताका उम्मेदवारलाई ५ सय रुपैंया प्रचार प्रसारका रुपमा खर्च गर्न पाउने मापदण्ड निर्धारण गरेर सो रकम समेत विद्यालयले नै उम्मेदवारलाई उपलब्ध गराएर निर्वाचनका खर्च सीमा अन्तर्गतका मापदण्ड तोक्दा उम्मेदवार स्वयंले चुनावी माहोल र बातावरणको सन्दर्भमा नयाँ–नयाँ अनुभव संगाल्न पाएको बताएका छन् ।
कावासोती वडा नं. ३ मा सञ्चालित सेण्ट जोसेफले विद्यार्थीलाई पाठ्यक्रमका ज्ञानले मात्रै नपुग्ने भएकाले सीप, संस्कृति र प्रविधिको फरक–फरक सन्दर्भमा प्रयोगात्मक सिकाईमा जोड्ने गरेको छ । विद्यार्थीलाई विभिन्न सामाजिक संघसंस्थाको भ्रमणमा लैजाने र संस्था नेतृत्वसँग अन्तरक्रिया गराउने, सामाजिक उत्तरदायित्व अन्तर्गत सामजिक परिसरमा सरसफाई, फल रोप्ने, बृक्षरोपण गराउने, देउसी भैलोमा विद्यार्थीकै जातिय मौलिकताका भूमिका प्रदान गर्ने, मौलिक खानाका परिकारहरु विद्यार्थीलाई नै प्रतियोगिताका रुपमा बनाउन लगाएर पुरस्कृत गर्ने, अभिभावक र विद्यार्थीबीचको सम्वन्धलाई कार्यक्रममार्फत माया, सम्मान सद्भाव प्रकट गर्ने र त्यसलाई अनुभव र सिकाईका रुपमा समाजमा सु–संस्कृत सभ्यताको सन्देश दिने जस्ता मानवीय र सामाजिक बिकासका सूचकमा समेत विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।
यसैबीच, शुक्रबारै सम्पन्न भएको मतगणनाबाट विद्यार्थी नेताका रुपमा प्रदिप गुरुङ निर्वाचित भएका छन् भने उपनेतामा सुसान खनाल र युनिका भारती निर्वाचित भएका स्कुल प्रशासन प्रमुख विनोद पौडेलले जानकारी दिए ।
नेता निर्वाचित गुरुङले २७४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एलिस न्यौपानेले १ सय ६८ मत ल्याए । यस्तै उपनेतामा छात्रतर्फ निर्वाचित खनालले २ सय ५३ र छात्रातर्फ युनिका भारतीले २२२ मत ल्याए । उपनेतामा निकटतम प्रतिद्धन्दी छात्रतर्फ प्रविन न्यौपानेले २४१ र छात्रातर्फ शिवानी शर्माले १५१ मत प्राप्त गरे ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram