ठाकुर पराजुली, नवलपुर, जेठ १३ ।
नेकपा (एकिकृत समाजवादी) नवलपुर जिल्ला कमिटि पुनर्गठन भएको छ । शुक्रवार कावासोतीमा सम्पन्न विशेष भेलाले झविलाल राना मगरको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको हो ।
जिल्ला कमिटिको उपाध्यक्षमा प्रेमनारायण पाण्डे र गणेशमान महतो, सचिवमा सुष्मा काफ्ले र सह सचिवमा हुमकान्त पराजुली र गोविन्द सुनार चुनिएका छन् ।
पार्टी जिल्ला अध्यक्ष शालिकराम भटराईको अध्यक्षतमा भएको विशेष भेलामा केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश कमिटिका सचिव प्रतापलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि श्रेष्ठले पार्टीमा गुणात्मक र जिम्मेवार नेता कार्यकर्ता संगठित रूपमा रहेका कारण नवलपुरमा संगठन गतिशिल हुनेमा विश्वास व्यक्त गरे ।
उनले एकिकृत समाजवादीमा अरु दलमा जस्ता नैतिक पतन, भ्रष्ट्राचार, अनियमिता लगायतका राष्ट्रघाती नेता कार्यकर्ता नरहेको अहिलेका राजनैतिक घटनाक्रमबाट पुष्टि भएको दावी गरे ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली