logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नेप–ईन्डियाको अवलोकनमा डण्डा र अरुणखोलाका ईलेक्ट्रिसियन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ जेष्ठ २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, जेठ १३ ।
देवचुली नगरपालिका वडा नं. ११ धारापानीमा सञ्चालित नेप ईन्डिया कम्पनीले विद्युतीय क्षेत्रमा कार्यरत ईलेक्ट्रिसियन प्राविधिकलाई कम्पनी अवलोकन सहित उत्पादित बस्तुहरुको गुणस्तरीयका बारेमा प्रयोगात्मक अभ्यास गराएको छ । पछिल्लो समय आवासीय, औधोगिक क्षेत्रमा ५० प्रतिसतभन्दा धेरै आगेलागीका घटना विद्युतीय माध्यमबाट हुनु गम्भीर स्थितिका रुपमा देखिएकाले सचेतना जगाउन र विद्युतीय संरचनामा प्रयोग हुने सामग्रीको गुणस्तरीयताका बारेमा सम्वन्धित क्षेत्रका प्राविधिकलाई जानकारी दिने उदेश्यले कम्पनीको अवलोकनमा सहजीकरण गरेको कम्पनी संचालक एवं नेपाल विद्युतीय ब्यवसायी महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा जैसी बताउँछन् ।
कावासोती १६ डण्डास्थित देव ईलेक्ट्रिकका केशव गिरी र मध्यविन्दु ११ अरुणखोलास्थित केशव ईलेक्ट्रिकका केशव श्रेष्ठको समन्वयमा ति क्षेत्रमा हाउस वायरिङमा काम गर्ने करीव ४० जनाको प्राविधिकहरुको टोलीले अवलोकनमा सहभागी थिए । उनीहरुले कम्पनीले कच्चा पदार्थको प्रयोगबाट उत्पादन गर्ने विद्युतीय सामानको पहिलो उत्पादन कक्षदेखि फिटिङ सेक्सन, गुणस्तर जाँच सेक्सन, लेबलिङ, प्याकेजिङ र भण्डारण कक्ष समेतको सुक्ष्म अध्ययन अवलोकन गर्नुका साथै गुणस्तरीयताको विश्वसनियता सम्वन्धि जिज्ञासा राखेका अर्का संचालक कृष्णराज गैरेले जानकारी दिए ।
अध्ययन अवलोकनमा सहभागी प्राविधिकलाई कम्पनीका उत्पादनतर्फका प्राविधिक प्रमुख विष्णु क्षेत्रीले प्रयोगात्मक रुपमै स्वीच, होल्डर, एमसिवी लगायतमा जडान हुने भित्री मेटल बस्तु र बाहिरी प्लाष्टिकका खोल समेतको गुणस्तरीयताका बारेमा प्रष्ट पारेका थिए ।
खत्रीले बिदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमै विद्युतीय सामग्री उत्पादन गर्ने पहिलो कम्पनी नेप–ईन्डिया भएकाले नेपाली वजारमा गुणस्तरीय सामान प्रमाणित गरेर बजार पठाउन योग्य रहेको ठोकुवा गरे ।
नेपाली बजारमा विजुलीको करेण्ट प्रवाह र कन्ट्रोल गर्ने भित्री मेटल र बाहिरी कभरका रुपमा प्रयोग हुने प्लाष्टिकका कमसल गुणस्तरका बोर्ड स्वीच वजारमा छ्यापछ्याप्ती पाईने भएकाले अकस्मात हुनसक्ने भोल्टेज उतारचढावलाई भेग्न नसकेर सट भईरहने फलस्वस्प प्लाष्टिक कभरहरुमा आगो टिप्ने र आगोलागी हुने क्षेत्री बताउछन् ।
कम्पनीले नेप ईन्डिया र एसजिएमका विभिन्न मोडल र फरक फरक मुल्यका एससिवी, स्वीच, बोर्ड, होल्डर उत्पादन गर्दै आईरहेको छ । नेपाल र भारतका केही ठाउँमा बजार रहेको कम्पनीका सञ्चालक जैसी बताउँछन् । जैसीले यहाँ उत्पादित बस्तु वाटर प्रुफका साथै फायर प्रुफ समेत रहेको दावी गरे । बजारमा अन्य कम्पनीको तुलनामा महंगो मुल्य नरहेको उनी बताउँछन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram