logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुरमा भोलिदेखि ३ दिन गणतन्त्र दिवसका विविध कार्यक्रम हुने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ जेष्ठ २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, जेठ १३ ।
नवलपुरमा भोलिदेखि तीन दिन गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम हुने भएका छन् ।
सरकारले राष्ट्रब्यापी रुपमा मनाउन लागेको दिवस जिल्लामा पनि विविध गतिविधिका साथ मनाईने जिल्ला समन्वय समिति नवलपुरले जनाएको छ ।
यस्तै, जिससले विशेष रुपमा मनाईने दिवसमा सम्पूर्ण सरकारी निजामति कर्मचारी, स्थानीय सरकारका जनप्रतिनिधि, राजनैतिक दलका समर्थक कार्यकर्ता तथा सम्पूर्ण नागरिकको सहभागिताका आग्रह समेत गरेको छ ।
भोलि आईतवार विहान डिभिजन बन कार्यालय नवलपुरको समन्वयमा बृक्षरोपणबाट दिवसको शुभारम्भ गरी भोलि आईतवारै साँझ ४ बजे जिल्ला समन्वय समिति नवलपुरको एक समूह र जिल्ला प्रशासन कार्यालय नवलपुरको अर्को समूहबीच मैत्रीपूर्ण फुटवल खेल कुमारवर्ती बहुमुखी क्याम्पसको खेल मैदानमा हुने जनाईएको छ ।
यस्तै गणतन्त्र दिवसको दिन सोमवार बिहान ७ वजे जिल्ला प्रहरी कार्यालय नवलपुर कार्यालय अगाडीबाट प्रभातफेरी निकालेर कावासोती खानेपानीको सभाहलमा औपचारिक समारोहको कार्यक्रम गरिने जनाईएको छ । सोही दिन साँझ सबै सरकारी गैर सरकारी कार्यालयमा सरसफाईसँगै दिपावली गरि दिवसलाई भब्यताका साथ मनाउन पनि भनिएको छ ।
तेस्रो दिन मंगलवार बिहान ७ बजे कावासोतीको फलफूलचोकमा नेपाल रेडक्रस सोसाईटी नवलपुरको समन्वयमा रक्तदान कार्यक्रम गरिने जिल्ला समन्वय समिति नवलपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram