खगेन्द्र पराजुली, नवलपुर, जेठ १६ ।
नारायणीमा पौडी खेल्दा पानीमा डुवेर हराईरहेका एक बालकको शव भेटिएको छ । सोमवार दिउँसो साथीहरुसँग नदीमा पौडी खेल्न गएका देवचुली १ का १५ बर्षका संयोग ढकाल पानीमा डुवेका थिए ।
प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र स्थानीय डुंगा चलाउन र पौडी खेल्न सिपालु बोटे, माझीहरुको निरन्तरको खोजतलासपछि आज बिहान नदीको तल्लो सतहमा झारमा जेलिएको अवस्थामा शव बाहिर निकालिएको उद्धारमा संलग्न टोलीले जनाए ।
देवचुली १ स्थित नेपाल नमूना माविमा अध्ययनरत संयोग सोमवार दिउँसो ५ जना गाउँकै साथीसहित पौडी खेल्न गएका थिए । संयोग नदीमा हराएपछि साथीहरुले स्थानीयसँग हारगुहार गरेका थिए । लगत्तै प्रहरीले जानकारी पाउनासाथ घटनास्थलमा पुगेर रातीसम्म खोजतलास गरेका थिए । सोमवार फेला पार्न नसकेपछि चितवनबाट गोताखोरको टोली मगाईएको भए पनि टोली आउनुपूर्व नै बिहान पौने १० बजे शव फेला परेको वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए । शव पोष्टमार्टम प्रक्रियाका लागि पठाएर घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली