नारायणगढ–बुटवल सडक अन्तर्गतको क खण्ड स्तरोन्नतिको भौतिक प्रगति ३५ प्रतिसत रहेको छ । ६४ किलोमिटर लम्वाई रहेको नवलपुरतर्फको यो खण्डमा अहिलेसम्मको समग्र प्रगति ३५ प्रतिसत रहेको प्रोजेक्ट कन्सल्ट्याण्ट मेनेजर राकेश झाले बताएका छन् ।
गैंडाकोटदेखि दाउन्नेसम्मको साईटमा फरक–फरक कामका प्रकृति गर्नुपरेकाले सोही अनुसार मेसेनरी उपकरण सहित यहाँ १ हजार ३ सय कामदारले काम गरिरहेका झा बताउँछन् ।
पछिल्लो समय बर्षाको समय नजिकदै गर्दा वनिसकेका पूर्वाधारमा क्षति हुन नदिई समयावधिको बचत र पूर्वाधारको सुरक्षाका लागि पनि भारतबाट थप मजदुर झिकाएर सडक सिनर्माणको कामलाई तिव्रता दिईएको उनले स्पष्ट पारे ।
यो खण्डमा गैंडाकोटको आवासीय–बजार क्षेत्र र कावासोतीको जंगल क्षेत्रमा एकतर्फी ८ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भएको छ । भेडावारीदेखि झराहीखोलासम्म ५ किलोमिटर र कावासोतीको जंगलक्षेत्रमा ३ किलोमिटर गरी एकतर्फी ८ किलोमिटर पीच सकेर नयाँ पीचबाटै यातायात सुचारु भईसकेको छ । यस्तै, गैंडाकोटको सोही खण्डमा १ किलोमिटर र कावासोतीको जंगलमा समेत १ किलोमिटर गरी अर्कोतर्फ जम्मा २ किलोमिटर कालोपत्रे सकिएको म्यानेजर झाले बताए ।
बर्षा अगाडी कालोपत्रेका लागि तयारी रहेका यी दुवै क्षेत्रको काम सम्पन्न गरी कावासोतीको बजार क्षेत्रमा प्रवेश गरिने निर्माण कम्पनीको योजना छ । यहाँ डण्डाबाट काम गर्ने वा कावासोतीबाट भन्ने निर्कौल भने भईनसकेको झा बताउँछन् । कावासोतीको उत्तरी क्षेत्रमा विजुलीका पोल सार्ने काम सम्पन्न भईनसेको र वर्षातका बेला आउन सक्ने भेलबाढीको निकास नभएकाले काम प्रभावित हुने हो कि भन्ने आशंका रहेको झा सुनाउछन् । स्थानीय सरकार र नियामक र सरोकारवाला सरकारी निकायसँग निरन्तर छलफल परामर्श भईरहेकाले बजार क्षेत्रमा कहाँबाट काम गर्ने भन्ने विषयमा छिटै टुंगो लाग्ने उनी बताउँछन् ।
निश्चित रुपमा निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि निर्माण कम्पनीले म्याद थपका लागि सरकारसमक्ष आग्रह गरिसकेकोले कति समयअवधिको म्याद थपिने भन्ने अहिल्यै भन्न नसकिने झाले स्पष्ट पारका छन् ।
निर्माणाधिन अवस्थामै रहेको यो सडकको अधिकांश खण्ड निकै जीर्ण छ । सुख्खायाममा धुलो र सामान्य पानी पर्दा समेत हिलाम्मे र चिप्लोको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
भेडावारी–झराहीखोला अन्तर्गतको आवासीय एवं बजार क्षेत्रको एकतर्फी ५ किलोमिटर क्षेत्रमा नयाँ पीचमा सडकमा आवश्यक पर्ने ट्राफिक सम्वन्धि सूचक, मार्किङ नहुँदा तिव्र गतिमा दौडने यातायातका साधनका कारण पैदल यात्रु, साइकल यात्रु, विद्यार्थी एवं सर्वसाधारण सम्भावित दुर्घटनाको त्रासमा रहेको स्थानीय पर्वतराज श्रेष्ठले गुनासो गरेका छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली