logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

अभिभावक संघ गण्डकीले अभिभावक जागरण अभियान चलाउने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१६ जेष्ठ २०८०, मंगलवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, जेठ १६ ।
नेपाल राष्ट्रिय अभिभावक संघ गण्डकी प्रदेश समितिको दोस्रो बंैठकले वडा तहसम्मै अभिभावक जागरणका गतिविधि गर्ने निर्णय गरेको छ । सोमवार पोखरामा सम्पन्न दोस्रो बैठकले तीन महिने अभियानका रुपमा जागरण कार्यक्रम गर्ने निर्णय गरेको संघका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी ईन्चार्ज श्याम शर्मा भुसालले जानकारी दिए ।
संघका गण्डकी अध्यक्ष कलाधर भट्टको अध्यक्षतामा बसेको बैठकले तनहुँका संजय थापा सार्कीलाई समितिको सदस्यमा मनोनित गरेको छ ।
नेपाल राष्ट्रिय अभिभावक संघले गत बैशाख ३० गते सम्पन्न गरेको प्रदेश सम्मेलनको बन्द सत्रमार्फत पारित गरेको ९ वुदे घोषणापत्रलाई अभिभावक जागरणको मूल अभियानको रुपमा लैजाने निर्णय गरेको हो । अभियान अन्तर्गत जिल्ला, पालिका र वडा तहसम्म अभिभावक भेटघाटलाई तिव्र बनाउँदै पालिका र जिल्ला तहसम्म नै समितिहरु गठन प्रक्रिया गर्दै जाने निर्णय भएको हो । संघले गरेका सम्पूर्ण गतिविधिहरु सम्वन्धित निकायमा डेलिगेसनका रुपमा जानकारी गराउने र शैक्षिक क्षेत्रको सुधारमा सक्रियताका साथ लाग्ने अध्यक्ष भट्टले जानकारी गराए ।
संघले शैक्षिक क्षेत्रको उन्नयनका निम्ति समय सापेक्ष गुणस्तरी शिक्षा, आम अभिभावकको अपेक्षा भन्ने लक्ष्यका साथ अभियान चलाउने जनाईएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram