logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कोपिलाको कार्यशालामा अपाङ्गताको कुराः स्थानीय सरकारको आँखा खुल्ला त?

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१७ जेष्ठ २०८०, बुधबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, जेठ १७ ।

अपांगता भएकाहरुको उत्थान र शसक्तिकरणमा राज्यका सवै तह, निकाय र सरोकारवालाहरुको सकारात्मक सोचाईसँगै प्राथमिकता पुग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । देवचुलीको दलदलेमा मंगलवार भएको अपांगता समावेशी बिकास विषयक अन्तरक्रियात्मक कार्यशालामा सहभागी जिल्लास्थित प्रशासक, जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था, सामुदायिक बन, सञ्चारकर्मी, सम्वन्धित विषयगत शाखाका कर्मचारी सहित लक्षित बर्ग अपांगता भएकाहरुको संघ–संगठन र ति क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका पदाधिकारी–प्रतिनिधिको बृहत कार्यशालामा सवै क्षेत्रको चासो पुग्नुपर्ने धारणा आएको हो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यशालामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र योजनाको तयारीमा पालिकाहरु रहेको अवस्थामा लक्षित वर्ग अन्तर्गतको अपाङ्गता भएका नागरिकहरुको समस्या, गुनासा मर्मस्पर्सी रहेको भन्दै मानवीयताको मर्म बुझेर पवित्र भावनाले योजना बनाउन सवै पालिकालाई सुझाव सहित आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता गरेकी कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले आफुहरुले गर्ने कामलाई खहरे भेलको संज्ञा दिदै यहाँ रहेका लक्षित बर्गका सवै खाले समस्याको दिगो समाधानमा सरकारमध्ये पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले अपाङ्गता भएकाहरुका लागि समावेशी ढंगले प्रस्तुत भईदिन सवै सरोकारवाला पक्षसँग आग्रह गरिन् ।
कोपिला नेपालका संस्थापक मध्येका एक प्रकाश वाग्लेले नवलपुरमा अपाङ्गता भएकाहरुकाको क्षेत्रमा कोपिला नेपालले गरेका प्रयास र प्रयत्नका साथै लक्षित बर्ग र समुदायमा पारेको प्रभावका साथै सकारात्मक सन्देशका बारेमा चर्चा गरे ।
प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, देवचुली नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रवक्ता, गैंडाकोट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, कावासोती नगरपालिका उप प्रमुख, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख, आठै पालिकाका महिला तथा बालवालिका शाखाका प्रमुख एवं प्रतिनिधि, शिक्षा समन्वय ईकाइका प्रतिनिधि, आठै पालिकाका प्रतिनिधिमूलक प्रधानाध्यापक, जिल्ला अस्पतालका प्रतिनिधि, पालिाका स्तरीय स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका प्रतिनिधि, गैरसरकारी संस्थाका पदाधिकारी, वन महासंघका प्रतिनिधि, सञ्चारकर्मी र लक्षित वर्गमा आवद्ध संघसंस्थाका प्रतिनिधि लगायतको करीव १ सय जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले स्थानीय तह लक्षित धेरै जिज्ञासा राखेका थिए । सम्वन्धित पालिकाबाट कार्यशालामा सहभागी जनाएका जनप्रतिनिधि एवं कर्मचारी प्रतिनिधि समेतले आजसम्म जे भए पनि यस कार्यक्रमले धेरै सन्दर्भहरु उठाएकोले सकिने र मिल्नेसम्मको योजना समावेश गर्ने साझा प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram