logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

गर्मीका कारण कावासोती र विनयी त्रिवेणीका विद्यालय बन्द

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ जेष्ठ २०८०, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, जेठ १८ ।
बढ्दो गर्मी, सुख्खापन र तातो हावाका कारण नवलपुरको भित्री मधेश र तराई क्षेत्र प्रभावित बनेको छ । विशेषगरी विद्यालय पढ्न जाने विद्यार्थी गर्मीका कारण प्रभावित बनेका छन् ।
बढ्दो गर्मीका कारण विद्यार्थीमा स्वास्थ्य समस्या उत्पन्न हुन थालेको, विरामी पर्न थालेको भन्ने विद्यालयहरुबाट गुनासा र सूचना आउन थालेपछि तत्काललाई भोलि शुक्रवार र २१ गते आईतवार २ दिनको विदा बर्षे विदामा मिलान गर्ने गरी विनयी त्रिवेणी गाउँपालिकाभित्रका विद्यालयमा विदा गरिएको शिक्षा शाखा प्रमुख भूपराज पाण्डेयद्धारा जारी सूचनामा उल्लेख छ ।
यस्तै, कावासोती नगरपालिकाका शिक्षा शाखा अकिृत राजन पाण्डेद्धारा हस्ताक्षरित सूचनामा १९, २१ र २२ गते तीन दिन विदा दिने उल्लेख गरिएको छ ।
यसअघि कावासोती नगरपालिका वडा नं. ४ हसौरामा रहेको सरस्वती नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेद्धारा जारी सूचनामा समेत सोही ब्यहोरा उल्लेख गर्दै १९ देखि २१ गतेसम्म विदा दिने सार्वजनिक जानकारी गराईएको थियो ।
देवचुली नगरपालिकाभित्रका विद्यालयमा समेत विद्यार्थी प्रभावित बनेका छन् । अत्याधिक गर्मीका कारण विरामी परेर विद्यालय उपस्थित हुन नसकेका विद्यार्थीको संख्या बढ्दै गएको बाल्मिकी आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र चापागाई बताउनुहुन्छ ।
गर्मीका कारण विद्यार्थीलाई पठनपाठन कार्य सहज रुपमा गर्न कठिन भएको छ । टिनको छानो भएका र पंखा लगाउँदा पनि तातो हावा फैलदा गर्मी सहन नसकेर आफ्नै कापीले हम्किने, हातमुख धोईरहने गरेर विद्यार्थीले गर्मी टारिरहेका छन् ।
कक्षाकोठाभित्र गर्मी भएपछि शितल छहारी खोजेर विद्यार्थीलाई पढाउनुपरेको छ ।
अहिले नवलपुरको दक्षिणी क्षेत्रसँगै मुख्यमार्ग आसपासका ठाउँमा ४० डिग्रीभन्दा माथी तापक्रम पुगेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram