खगेन्द्र पराजुली, नवलपुर, जेठ १८ ।
कावासोती नगरपालिकाले चर्को गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि विदाको सूचना जारी गरे पनि आधारभूत तहका विद्यार्थी लक्षित खेलकुदका गतिविधिलाई अतिरिक्त क्रियाकलापका रुपमा सञ्चालन हुने उल्लेख गरेको छ ।
खेलकुद बिकास समिति नवलपुरको आयोजनामा कावासोती नगरपालिकाभित्र आधारभूत तह अन्तर्गत कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई जिल्ला स्तरीय स्कुल बालवालिका खेलकुद कार्यक्रममा सहभागी गराउन प्रतिस्पर्धाका माध्यमवाट छनोट गर्ने कार्यक्रम गत जेठ १० गते कावासोती नगरपालिकाको शिक्षा शाखाले सूचना निकालेको थियो ।
धेरै तयारी पूरा भईसकेको, पूर्व सुचित र तालिकाको कार्यक्रम भएकाले विद्यालय पठनपाठनको कार्य बाहेकका अन्य अतिरिक्त क्रियाकलाप स्थगन गर्न शिक्षा शाखाले नमिल्ने शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए ।
उनका अनुसार नेपाल सरकार अन्तर्गतको जिल्ला तहको अर्को निकाय खेलकुद बिकास समितिको जिम्मेवारी र आयोजनामा हुने कार्यक्रम भएकाले उक्त तालिकामा हस्तक्षेप गर्न नमिलेको तर मौषमका कारण प्रतिकुल बातावरण बनेकाले तालिकामा पुनर्विचार गर्ने सन्दर्भमा आग्रह भएको र परिस्थितिको जानकारी आयोजक समितिलाई गराईएको बताए ।
प्रतिस्पर्धामा ६ देखी ८ कक्षाका छात्र–छात्रा दुवैको १ सय मिटरदेखि १५ सय मिटरसम्मको दौडका साथै एथलेटिक्स अन्तर्गतका हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट र ज्याभलिनथ्रो लगायतका प्रतिस्पर्धा हुने उल्लेख छ ।
कावासोती ३ नमूना सदरमुकामस्थलस्थित राममन्दिर खेलमैदानमा बिहान ७ बजेबाट प्रतिस्पर्धा हुने सूचनामा उल्लेख छ । खेल शुक्रवार र शनिवार गरी २ दिन हुने तालिका रहेको छ । शारीरिक परिश्रम नपर्ने पठनपाठनको कार्य बन्द गर्नुपर्ने चर्को गर्मीको प्रतिकुल बातावरण ब्याख्या गर्ने तर यो चर्को गर्मीमा बालबालिकालाई दौडाउने, शारीरिक परिश्रमजन्य विधामा प्रतिस्पर्धा गराउनु ब्यवहारीक नभएकोे अभिभावकको गुनासो छ । यसविषयमा खेलकुद बिकास समितिका अध्यक्ष सेतमान पुनले बिहान र बेलुकाको समयमा खेल खेलाईने बताए । बिहान ७ बजेदेखि ढिलोमा ११ बजेसम्म र बेलुका ४ बजेपछि शितलकै समय पारेर खेलाईने र मौषम बातावरणले खेल र खेलाडी बालबालिकालाई कुनै असर नगर्ने स्पष्ट पारे ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली