खगेन्द्र पराजुली, नवलपुर, २१ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । कावासोती - १५ स्थित अमलटारी होमस्टेमा सोमवार सम्पन्न हुने गरी आइतबार पहिलो दिनको सत्र चलेको हो।
जिल्लास्थित आप्रवासी कामदार हकहित सञ्जाल नवलपुरका अध्यक्ष युवलाल तिवारी (गोपाल)को अध्यक्षतामा भएको क्षमता अभिवृद्धि तालिमको औपचारिक उद्घाटन प्रमुख अतिथि सामी परियोजना गण्डकी अन्तर्गत स्याङ्जा र नवलपुर दुई जिल्लाका कार्यक्रम अधिकृत रोजलिन सिंहले गर्नुभयो ।
जिल्लाका पाँच पालिका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी-त्रिवेणीका पालिका स्तरीय सञ्जालका पदाधिकारी- प्रतिनिधि एवं जिल्ला सञ्जालका पदाधिकारी सदस्यको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सामी परियोजनाका कार्यक्रम अधिकृत प्रकाश गिरीले गर्नुभएको थियो ।
तालिममा प्रशिक्षकका रूपमा रोजलिन सिंह, सामी परियोजना नवलपुरका कार्यक्रम संयोजक ऋतुराम सोतीको सहजीकरण रहेको छ ।
आप्रवासी हकहित संरक्षण सञ्जाल नवलपुर उपाध्यक्ष बालकुमारी जिसीलें स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष युवलाल तिवारीले सञ्जालले जिल्लामा गरेका क्रियाकलापका वारेमा डिजिटल प्रतिवेदन पेश गर्नुभएको थियो ।
सहभागीले वैदेशिक रोजगारका सिलशिलामा स्वदेश र विदेशमा समेत भोग्नु परेका समस्या, जटिलता र त्यसको समाधानमा सामी र सञ्जालको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए।
प्रशिक्षकले प्रशिक्षणसँगै सहभागीका तर्फवाट उठेका प्रश्नको जवाफ र आफ्ना पहलकदमीका विषयमा जिज्ञासा मेटयाएका थिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली