logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुरमा पत्रकार सदस्यता लिन ७९ जनाले दिए आवेदन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२३ जेष्ठ २०८०, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, जेठ २३ ।
नेपाल पत्रकार महासंघले आह्वान गरेको नयाँ सदस्यताका लागि नवलपुरमा ७९ जनाको नयाँ आवेदन परेको छ । केन्द्रको निर्देशन र आवश्यक कागजात सहित पत्रकार महासंघ नवलपुर शाखाले आज जेठ २३ गतेसम्म नयाँ आवेदनका समय तोकेको थियो ।
जिल्लामा सञ्चालित टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाईन तथा जिल्ला बाहिर रहेका सञ्चारगृहमा समेत पत्रकारितामा संलग्न र आवद्ध रहेका कागजात सहित ७९ जनाले आवेदन दिएका महासंघका सचिव विष्णु गौडेलले जानकारी दिए ।
यस्तै नविकरणका लागि जेठ २५ सम्मको अवधि तोकिए पनि अहिलेसम्म ४५ जनाले सदस्यता नविकरणको आवेदन वुझाएका छन् ।
नवलपुर शाखामा अहिले १ सय ३७ जना पत्रकार महासंघको सदस्य छन् । यसपटक सदस्यता शुद्धिकरणलाई प्राथमिकतामा राखेर निर्णय हुने अध्यक्ष विरेन्द्र पराजुली बताउँछन् । अहिलेसम्म स्वेच्छिक रुपमा २ जनाले सदस्यता त्याग गरेका पराजुलीले जानकारी दिए । सबै आवेदन संकलनको काम सकेपछि बस्ने महासंघको बैठकले नयाँ आवेदन र शुद्धिकरणका विषयमा ठोस निर्णय गर्ने बताए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram