खगेन्द्र पराजुली, नवलपुर, जेठ २५ ।
नवलपुरको देवचुलीमा नेपाल स्वास्थ्यकर्मी संघ नवलपुरले ३२ औं स्थापना दिवस मनाएको छ ।
देवचुली नगर अस्पताल दुम्कौली परिसरमा सरसफाई एवं वगैंचा गोडमेल, मलजल गर्दै दिवस मनाएको हो ।
वृक्षरोपण समेत गर्ने कार्यक्रम तय भएपनि चर्को गर्मी र खडेरीमा नयाँ विरुवा जोगाउन मुस्किल हुने भएकाले पछि वर्षातको समय सुरु भएपछि प्रभावकारी वृक्षरोपण गर्ने गरी बुधवार दिवसका अवसरमा सरसफाई तथा वगैचा गोडमेल र मलजल गरिएको सोही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं नेपाल स्वास्थ्यकर्मी संघका गण्डकी प्रदेश समितिका कोषाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए ।
स्वास्थ्य संस्थामै भएको कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सूचना तथा प्रकाशन विभाग प्रमुख गोकुल पराजुली, ट्रेड युनियन जिल्ला कोषाध्यक्ष टोलाप्रसाद भुर्तेल, स्वास्थ्यकर्मी संघका गण्डकी प्रदेश कोषाध्यक्ष गणेश न्यौपाने, जिल्ला उपाध्यक्ष छविलाल सुवेदी, सचिव माधव पोख्रेल, सहसचिव प्रदिपचन्द्र लामिछाने, नेपाल निजामति कर्मचारी युनियन नवलपुर उपाध्यक्ष माया शर्मा, अस्पतालका कार्यालय प्रमुख चित्र बहादुर सुनार लगायत संघमा आवद्ध स्वास्थ्यकर्मी एवं अस्पतालमा रहेका अन्य स्वास्थ्यकर्मी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली