खगेन्द्र पराजुली, नवलपुर, असार ८ ।
देवचुली नगरपालिकाले उद्यमशिलता विकास कोषको स्थापना गर्ने नीति लिएको छ । दोस्रो नगरसभामा नगरप्रमुख हरिप्रसाद न्यौपानेद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आर्थिक विकास नीति अन्तर्गत नगरप्रमुखसँग युवा कृषक र उद्यम कार्यक्रमको नीति लिईने उल्लेख छ।
उनले नगरभित्र उद्यम गर्न र स्वरोजगर हुन चाहनेलाई समूह वा सहकार्यमा परियोजना प्रस्तावका आधारमा सहयोग गरिने बताए । समूह, सहकार्य, विपन्न तथा लक्षित समुदायमा सीप विकास, तालिम, सचेतता, विउपूजीमार्फत सहयोग पुग्ने नीति अनुरूप उधमशिलता विकास कोष को स्थापन गरिने स्पष्ट पारे।
यस्तै, एक घर एक करेसावारी, तरकारीबालीको पकेट क्षेत्र निर्धारण, अन्न तथा खाद्यबाली क्षेत्र विस्तार, रासायनिक मलको विकल्पमा गोठे मलको प्रवर्द्धन वाझो खेतलाई कृषि उपयोगमा ल्याउने नीति, नदी उकासका भूभागमा फलफूल खेतीमा प्रोत्साहन, अनियन्त्रित विषादी प्रयोगमा नियन्त्रण जस्ता नीति कार्यक्रम समावेश छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली