खगेन्द्र पराजुली, नवलपुर, असार ८ ।
देवचुली नगरपालिकाले करदाता र रोजगारदातालाई सम्मान गर्ने नीति लिएको छ । नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाता र ५० जना भन्दा धेरैलाई रोजगारमा आवद्ध गराउने उद्योगलाई सम्मान गर्ने नीति कार्यक्रममा समावेश गरेको हो ।
नगरप्रमुख हरिप्रसाद न्यौपानेद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नगरभित्र सञ्चालित उद्योगहरुको अभिलेख अधावधिक गरी उद्योग नियमनको कार्य, उद्योग-व्यवसायको सामान्य उत्तरदायित्व र नगरपालिकाले अवलम्वन गरेको साझेदारी नीति-कार्यक्रम अन्तर्गत सहकार्यमा लगानी मैत्री नगरपालिकाको रुपमा विकास गर्ने, स्थानीय कच्चा पदार्थ प्रयोग र स्थानीय मौलिकताका उत्पादनलाई प्रोत्साहन गर्न सीप क्षमता विकासका लागि माथिल्ला निकायसँगको समन्वय खोज्ने, बजार अनुगमन, कर संकलनमा उद्योग वाणिज्य संघसँगको सहयोग र समन्वयलाई निरन्तरता दिनुका साथै संघको योगदानको मुल्यांकन गरी अनुदानको व्यवस्था, हाटवजारको उचित व्यवस्थापन गर्न वजार व्यवस्थापन समितिसँगको सहकार्यको निति अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली