logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

मध्यविन्दु नगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
११ असार २०८०, सोमबार
Share it

नवलपुर, असार ११ ।
मध्यविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।
नगरभित्रका सबै १५ वटै वडाका जग्गाको वर्गिकरण गरी सोको प्रतिवेदन मध्यविन्दु नगरपालिका भूउपयोग परिषद्बाट निर्णय गरी सम्बन्धी प्रतिवेदन नगरपालिकाले मालपोत कार्यालय कावासोती र नापी कार्यालय कावासोतीमा असार ७ गते पेश गरेको थियो ।
भू उपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ तथा भू उपयोग नियमावली २०७९ को नियम ५ उपनियम १ र सोही नियमावलीको अनुसूची १ बमोजिम जग्गाको वर्गिकरण गरिएको नगरपालिकाका भुमी सम्बन्धी शाखा प्रमुख समेत रहनु भएका प्रशासन शाखा प्रमुख बिष्णुराज गौतमले बताए । उनका अनुसार नगरपालिकाले मालपोत कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र नापी कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र आद्यावधिक गरेको नक्सा तथा सोको सफ्टकपी पेश गरेको छ । उक्त प्रतिवेदनको आधारमा नगरपालिकाको सबै वडाको जग्गा कित्ताकाट खुलेको हो ।
यस अगाडी सरकारले जग्गाको वर्गिकरण नभएका कित्ताहरुको कित्ताकाट रोक्का गरेको थियो । कृषि, आवास, व्यवसायिक लगायत विभिन्न खण्डमा जग्गाको वर्गिकरण गरिएको छ । अब जग्गाको कित्ताकाट र उपयोगमा वर्गिकरण अनुसारको उपभोग र कित्ताकाटको क्षेत्रफलहरु तय हुनेछ ।
कृषि क्षेत्रका रूपमा वर्गीकरण गरिएको जग्गाको कित्ताकाटको क्षेत्रफल नियमावलीले तोकेको छ । तराई र भित्री मधेसको भए ६ सय ७५ वर्गमिटर भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन । यसबाहेक अरू ठाउँका कृषि जग्गा एक हजार वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइँदैन ।
त्यस्तै आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई एक सय तीस वर्ग मिटरभन्दा कममा कित्ताकाट गर्न पाइने छैन । पाँच सय वर्ग मिटरभन्दा सानो कित्ता भएको जमिनको हकमा चौडाइभन्दा लम्बाई चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन ।
व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार तथा सार्वजनिक उपयोगका जग्गाको कित्ताकाटको क्षेत्रफलबारे भने नियमावलीमा उल्लेख छैन ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram