logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुरमा खोपका स्वास्थ्यकर्मीलाई ३ दिने तालिम

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१४ असार २०८०, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, असार १४ ।
नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी वनाउन खोप कार्यक्रममा संलग्न स्वास्थ्यकर्मीलाई ३ दिने तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय नवलपुरले आठै पालिकाका ति स्वास्थ्यकर्मीलाई सुक्ष्म योजना तर्जुमा, खोप शुद्धिकरण र खोप कार्यक्रममा सरसफाई सम्वन्धि विषयबस्तुमा तालिम दिईरहेको हो ।
सोमवारदेखि बुधवारसम्म कोल्हुवास्थित स्वास्थ्य कार्यालयमा हुप्सेकोट र देवचुलीका २५ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको र अहिले दलदलेमा बौदीकाली, बुलिङटार र गैंडाकोटका ४० जना खोप स्वास्थ्यकर्मी सहभागी रहेका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
दलदलेको तालिम सकिएपछि कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका स्वास्थ्यकर्मीलाई तालिम दिईने पनि स्वास्थ्य कार्यालय नवलपुरका खोप फोकल पर्सन तथा प्रशिक्षक खरेलप्रसाद चौधरीले बताए ।
दलदलेमा शनिवारसम्म चल्ने तालिममा खोप फोकल पर्सन चौधरीसँगै गैंडाकोट स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले सहजीकरण गरेका छन् ।
जिल्लाका आठै पालिका सहित सिंगो जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भईसकेको अवस्थामा खोपको पहुँच र प्रभावकारितालाई कायम राख्न तालिम महत्वपूर्ण हुने सहभागीले अपेक्षा ब्यक्त गरेका छन् ।
१५ महिनासम्मका बालबालिका र गर्भवती महिलालाई प्रदान गरिने खोपलाई नियमित खोप अन्तर्गत लिईन्छ । जिल्लाभरि करीव २ सय जना खोप कार्यमा संलग्न स्वास्थ्यकर्मी सेवारत छन् । यसमा स्थायी र करारका स्वास्थ्यकर्मी संलग्न छन् । चालु आर्थिक वर्षमा ५ हजार ९ सय ५० बच्चा र ७ हजार २ सय गर्भवती महिलाले नियमित खोप प्राप्त गर्ने लक्ष्य स्वास्थ्य कार्यालय नवलपुरले लिएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असारको तथ्याङ्क विवरण प्रविष्ट भएपछि मात्रै लक्ष्य प्राप्ति भए नभएको वास्तविकता आउने स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाई बताउँछन् ।
तालिममा सहभागीलाई खोप सेवा लिएका बालबालिकाको तथ्याङ्क फारम तयार गर्न, खोपको पू्रा मात्रा सेवा दिन सचेत गराउन, खोपको सुरक्षा, खोपको अनियमित ह्रास घटाउने विधि, खोप लगाउँदा पुर्याउनुपर्ने सरसफाईका सावधानी लगायत माथिल्ला विभागीय शाखामा विवरण पठाउने लगायतका मुख्य विषयमा तालिम केन्द्रित हुने चापागाई बताउँछन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram