logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

पिठौलीको राजमन्दिरका कृषकले मनाए असार १५

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१५ असार २०८०, शुक्रबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, असार १५ ।
कावासोती १२ पिठौलीस्थित राजमन्दिरमा २० औं राष्ट्रिय धान दिवस तथा असार १५ पर्व मनाईएको छ । कावासोती १२ पिठौलीका कृषकको खेतमै दिवस मनाईएको हो ।
वडा नं. १२ को समन्वयमा मनाईएको दिवसमा वडाअध्यक्ष ध्रुव खनाल, नवलपुर एफएमका सञ्चारकर्मी, स्थानीय एवं नवलपुर जेसिज, डायमण्ड युथ क्लवका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
कृषककै खेतमा उनीहरुको काम, अनुभव, समस्या, गुनासा र खुशीमा सहभागी भएर दिवस मनाउन पाउँदा कृषक हर्षित देखिन्थे ।
उल्लासमय रुपमा दिवस मनाईरहेका उनीहरुले कृषकका दुख र समस्याका गुनासा समेत ब्यक्त गर्न भ्याए । उनीहरुले मल, बीउ, सिचाई, कुलो, नहर, बोरिङ, बाढी, डुवान जस्ता प्रमुख समस्याले किसान प्रभावित भईरहेको सुनाए ।
कृषकका गुनासा सुनेका वडाअध्यक्ष खनालले केही समस्याहरु राष्ट्रिय समस्या रहेकोले केन्द्रले समाधानको बाटो खोज्नुपर्ने बताउनुभयो । सिचाई, कुलो, नहर, बोरिङ लगायतका पुर्वाधारको मर्मत, सम्भार, ब्यवस्थि तगर्ने विषयमा वडा तथा नगरको पहलमा ध्यान गईरहेको बताउनुभयो ।
गुनासा पोख्दै आफ्नै कर्ममा रमाउँदै दिवसमा सहभागी भएका किसानहरु खेतमै असारे गीतका साथै आ–आफ्ना संस्कृतिका भाका र लोकभाकामा गीत गाउँदै नाँच्दै रमाईलो गर्न समेत भ्याए । समुहमै असार १५ को सगुन दही चिउरा खाएर, एकआपसमा हिलोको टीका, बीउको जमरा लगायर उल्लासमय रुपमा दिवस मनाएका हुन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram