logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कुमसोत पोखरी खण्ड अवरुद्ध, कालीगण्डकी करिडोर र दाउन्ने–गैडाकोट खण्डमा छैन रोकावट

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१५ असार २०८०, शुक्रबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, असार १५ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै नवलपुरको ग्रामीण पहाडी सडक अवरुद्ध छ । दलदले, कावासोतीबाट पहाड जाने र उत्तरवाट दक्षिणतर्फ आउने गाडीहरु रोकिएका छन् ।
कुमसोतदेखि पोखरी खण्डमा दर्जनौ स्थानमा पहिरो, भीरपट्टि भासिने, भिरालो कच्ची बाटोमै भल बगेर गेग्रान पर्दा पोखरी–कुमसोत खण्ड प्रभावित बनेको हो । कुमसोतदेखि अधेरी खोल्सीसम्म करीव ८ सय मिटर जति देवचुली नगरपालिका क्षेत्रमा धेरै क्षति नभएपनि अधेरी खोल्सी, पाङ्ग्रे हुदै पोखरीसम्मको हुप्सेकोट गाउँपालिकाको खण्ड बाटो धेरै क्षति भएको छ ।
पानी परिरहेको र पहिरो झरिरहेका कारण तत्काल अवरुद्ध बाटो खोल्ने पहल गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
मुग्लिनमा सडक अवरुद्ध हुँदाको प्रभावका कारण गैंडाकोटमा रोकिएका सवारी साधनका कारण ट्राफिक ब्यवस्थापनमा प्रहरी जनशक्ति परिचालन गर्नुपरेको छ । यद्यपि गैंडाकोट–दाउन्ने खण्ड सुचारु छ ।
यस्तै, गैंडाकोटबाट कालीगण्डकी करिडोर हुँदै जाने बाटो सञ्चालनमा रहेको प्रहरीले अपडेट गराएको छ ।

भर्खर प्राप्त जानकारी अनुसार मुग्लिन खण्डको अवरुद्ध पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram