logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कालीगण्डकी करिडोर अवरुद्ध

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१६ असार २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली,नवलपुर, असार १६ ।

अविरल बर्षाका कारण पहिरो खस्दा नवलपुर को पहाडी क्षेत्रको सडक सञ्जाल सम्बन्ध टुटेको छ । शुक्रबारसम्म कालीगण्डकी करिडोर अन्तर्गत गैंडाकोटवाट सहज आवागमन भएको करिडोर खण्ड रातीदेखि अवरुद्ध हुँदा पूर्ण रुपमा मुख्यमार्गसँगको पहुँच टुटेको हो ।

कालीगण्डकी करिडोर अन्तर्गत बुलिङटार गाउँपालिका वडा नं. १ र ६ मा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वडा नं. १ को मतडाँडा र वडा नं. ६ को कौडेकोे भीर भन्ने ठाउँमा पहिरो खसेको छ । करिडोर निर्माण आयोजनासँग पहिरो पन्छाउने विषय‌मा समन्वय भैरहे पनि निरन्तर झरी परिरहेकोले पन्छाउने कार्य हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी एवम् सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिए । यहाँ अहिले पनि पहिरो खसिरहेको छ ।

यस्तै कावासोती. दलदले हुँदै बुलिङटार - डेढगाउँ जाने आउने ग्रामीण सडक शुक्रवार देखि नै अवरुद्ध छ ।

पूर्वपश्चिम मुख्य मार्ग दाउन्ने- गैडाकोटमा अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जगाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram