खगेन्द्र पराजुली, नवलपुर, असार १६ ।
एकता सामुदायिक बनको अध्यक्षमा यामप्रसाद भुसाल चयन भएका छन् । देवचुली वडा नं ११, १२ र १४ का आंशिक उपभोक्ताले संरक्षण र उपभोग गर्दै आएको सो बनको सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित भएको हो । एक औपचारीक कार्यक्रमकाबीच सर्वसहमतिमा चयन भएको समिति घोषणा, सपथ ग्रहण र पद हस्तान्तरण आज एकैदिन भएको हो ।
सो अवसरमा निवर्तमान अध्यक्ष हुमकान्त सुवेदीले नवनिर्वाचित अध्यक्ष भुसाललाई पदहस्तान्तरण गरे ।
सञ्चालक समितिको उपाध्यक्षमा खुमकुमारी गिरी, सचिवमा जिवलाल चापागाईं र कोषाध्यक्षमा शुकमाया वि.क चुनिएका छन् भने सदस्यमा मधु घिमिरे, सुष्मा लामा, रेलबहादुर राना, हरिमाया श्रीष मगर, जमुना भुसाल तिवारी, तुलाराम भुसाल, दिलिप ठाडा मगर र विन्दु घले छन् । यस्तै, रबिलाल भुसालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन भएको छ । जसको सदस्यमा सविता बरुवाल र बुद्धिमाया सुवेदी चुनिएका छन् ।
निर्वाचन समितिका संयोजक टेकप्रसाद पाण्डेको अध्यक्षता सहायक वन अधिकृत बसन्त दाहालको प्रमुख आतिथ्यतामा पृथ्वी समाज सेवाको भवनमा नवनिर्वाचित नेतृत्वले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन संयोजक टेकप्रसाद पाण्डेले सपथ दिलाए ।
जेठ २७ गते भएको आठौं अधिबेशनले निर्वाचन मण्डललाई जिम्मेवारी सुम्पेको थियो । यहाँ सर्वपक्षीय सहमतिमा नयाँ नेतृत्व चयन भएको हो ।
वडा नं. ११, १२ र १४ का उपभोक्ता रहेतापनि एकता बन देवचुली नगरपालिका वडा नं. ६ को भूगोलमा अवस्थित छ । १२५ दशमलव ५६ हेक्टर क्षेत्रफल रहेको सामुदायिक बनमा ६ सय ३ उपभोक्ता सदस्य आवद्ध छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली